IME Life New

बैंकहरुले यस्तो अवस्थामा रहेका कम्पनीहरुको शेयर धितोमा राखेर कर्जा उपलब्ध गराउन नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा लामो समयपछि पुनः २१०० को विन्दुमा माथि उक्लिएको छ। बजारमा लगानीकर्ताको मनोबल बढ्दै गइरहेको छ।

हिजोआज बजारमा दैनिक कारोबार रकम पनि बढ्दै गइरहेको छ। बजार जानकारहरु नेप्से २१०० माथि उक्लिएकोले अब ‘बुलिस यात्रा’ सुरु भएको पनि विश्लेषण गर्न थालेका छन्।

Esewa
Crest

बजार बढ्नलाई मुख्यगरी लगानी भित्रिनुपर्ने हुन्छ। त्यसका लागि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जा लिने गर्छन्। लामो समयदेखि बजार स्वपुँजीबाट चलिरहेको थियो। अब बजार बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितो कर्जा लिने पनि बढ्न थाल्छन्।

बैंक तथा वित्तीय सूचीकृत सबै कम्पनीको शेयर धितो कर्जा उपलब्ध गराउँदैनन्। बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेका कम्पनीहरुको शेयरमात्रै धितो राखेर कर्जा उपलब्ध गराउने गर्छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमार्फत शेयर धितो कर्जा प्रवाहका लागि केही मापदण्ड तोकेको छ।विभिन्न अवस्थामा रहेका संस्थाहरुको शेयर धितोमा राखेर कर्जा उपलब्ध गराउन नपाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ।

यस्तो अवस्थामा रहेका संस्थाहरुको शेयर धितोमा राखेर कर्जा उपलब्ध गराउन नपाइने

  • राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशनबमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्थाहरु,
  • नेटवर्थ ऋणात्मक भएका संस्थाहरु,
  • नेपाल स्टक एक्सचेन्जले सूचीकरणबाट हटाइएका संस्थाहरु,
  • आर्थिक वर्ष समाप्त भएको १ वर्ष अवधि पूरा हुँदासमेत अन्तिम लेखा परीक्षण नगर्ने संस्थाहरु,
  • पछिल्लो ३ वर्ष लगातार नोक्सानीमा रहेका संस्थाहरु,
  • व्यावसायिक रुपमा सञ्चालनमा आएको १ वर्ष व्यतित नभएका संस्थाहरु,
  • विगत ३ वर्षदेखि साधारणसभा नगरेका संस्थाहरु,
  • कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थाहरु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

57%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS