IME Life New

बैंकहरुले कस्तो कर्जालाई सूक्ष्म निगरानीमा राख्नुपर्छ ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले कर्जाको गुणस्तर मूल्यांकन, वर्गीकरण र नोक्सानी व्यवस्था कायम गर्नुपर्छ। केही कर्जालाई बैंकहरुले सूक्ष्म निगरानीमा पनि राख्नुपर्ने प्रावधान रहेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको छ। नियामकीय प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले आफूले प्रदान गरेका कर्जाको गुणस्तर मूल्यांकन गरी सोहीबमोजिम विभिन्न वर्गमा वर्गीकरण गर्ने र जोखिमअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्दछ।

Crest

कर्जा प्रदान गरेका परियोजना वा व्यवसाय सञ्चालन हुने अवस्था नरहेमा वा परियोजना वा व्यवसाय सञ्चालनमा नभएमा यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार कर्जा प्रवाह भई स्थापना भएको उद्योग वा परियोजना तथा व्यवसाय परिस्थितिजन्य कारणले सञ्चालनमा नभए पनि पूर्वनिर्धारित व्यवस्थाबमोजिम कर्जाको साँवा र ब्याज नियमित रुपमा भुक्तानी भइरहेको त्यस्ता उद्योग वा परियोजना तथा व्यवसायमा प्रवाहित कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS