IME Life New

बालकुमारी घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ललितपुरको बालकुमारी घटनाको अनुसन्धान गर्न सरकारले ३ सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृह मन्त्रालयले अप्रत्याशित रुपमा घटेको घटनाको अनुसन्धान गर्न शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो। समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक वासु सिग्देल रहेका छन्।

Esewa
Crest

यो समितिलाई सत्यतथ्य छानबिन गरी ७ दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि बालकुमारीमा आज दिउँसो प्रदर्शन भएको थियो। प्रदर्शन नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा दुईजना युवकको मृत्यु भएको छ।

प्रदर्शनमा उत्रिएका युवाले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको चढेको गाडी रोकेर आगजनी गरेका थिए। उनीहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर गाडीमा आगो लगाएका थिए। त्यसपछि युवाहरुको प्रदर्शनले उग्र रुप लिएको थियो। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो। तर, स्थिति नियन्त्रण हुन नसक्दा प्रहरीले गोली चलाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS