IME Life New

बूढीगण्डकी जलविद्युत आयोजनाको प्रवर्द्धक टाइम्स इनर्जीलाई प्राप्ति गर्ने साहस ऊर्जाको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साहस ऊर्जाले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरेको हो। टाइम्स इनर्जी बूढीगण्डकी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी हो।

Esewa
Crest

बूढीगण्डकी ३४१ मेगावाट क्षमताको अर्धजलासययुक्त आयोजना हो। उक्त आयोजनाको आर्थिक तथा प्राविधिक पक्षको प्रस्तुती तथा छलफलबाट आयोजना निर्माण तथा सञ्चालना लागि उपयुक्त देखिएकोले उक्त परियोजनाको प्रवर्द्धक टाइम्स इनर्जीलाई प्राप्ति गर्ने निर्णय गरिएको कम्पनी सचिव दिनेशकुमार रोक्काले जानकारी दिए।

यसका साथै कम्पनीले टाइम्स इनर्जीलाई प्राप्ति गर्ने क्रममा गर्ने समझदारीपत्रको मस्यौदा तथा सर्तहरु निर्धारण गरी समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि कम्पनी सञ्चालक समितिका प्रबन्ध सञ्चालक सुशील थापालाई अख्तियारी प्रदान गर्ने निर्णय भएको पनि रोक्काले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS