IME Life New

बुद्ध एयरले स्पेनबाट भित्र्यायो १४ वर्ष पुरानो विमान, जहाजको संख्या १८ पुग्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । निजी क्षेत्रको वायू सेवा कम्पनी बुद्ध एयरले एटिआर ७२-५०० टर्बो प्रोप सिरिजको विमान थपेको छ। यो सँगै बुद्ध एयरको बेडामा विमान संख्या १८ पुगेको छ।

गत भदाैमा एटिआर ४२ मोडलको एउटा विमानलाई बिदाई गरेको बुद्ध एयरले शुक्रबार १४ वर्ष ७ महिना पुरानो विमान भित्र्याएको हो। बुद्ध एयरले बिन्टर क्यानारियाज वायू सेवा कम्पनीबाट विमान खरिद गरेको हो।

Crest

३० अप्रिल २०१० (२०६७ बैशाख १७ गते) देखि सञ्चालनमा आएको स्पेनी वायू सेवा कम्पनी बिन्टर क्यानारियासले ८ वर्ष अघि नै बिक्री गर्ने घोषणा गरेको थियो । बिन्टर एयरलाइन्सले एटिआर ७२-६०० मोडलको विमानमार्फत् उडान भर्ने योजनासहित एटिआर ७२-५०० टर्बोप्रोप मोडलका सबै विमानबाट उडान बन्द गरेको छ । बुद्ध एयरले यसअघि गत १४ असारमा पनि बिन्टर क्यानारियाजबाटै १४ वर्ष पुरानो अर्को एउटा विमान खरिद गरेको थियो।

बुद्ध एयरको बेडामा रहेका एटिआर ७२-५०० मोडलका जहाजको विवरण। श्रोतः बुद्ध एयर

नागरिक उड्ययन सम्बन्धी प्रावधान अनुसार व्यवसायीक उडान प्रयोजनका लागि नेपालमा १५ वर्षभन्दा पुराना विमान भित्र्याउन पाइदैन। त्यसैले निजी क्षेत्रका वायू सेवा कम्पनीले १५ वर्ष पुरा हुन केही महिना मात्र बाँकी रहेका विमानहरू खरिद गरेर भित्र्याइ रहेका छन् । यती एयरले पनि गत वर्ष चैत्र महिनामा बंगलादेशको नोभो एयरसँग १४ वर्ष पुराना २ वटा एटिआर ७२-५०० मोडलका जहाज खरिद गरेर भित्र्याएको थियो ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन एआईएन) विमान गत भदाै २५ गते बिदाई गरेको थियो। बुद्ध एयरले यो जहाजमार्फत निरन्तर १६ वर्ष उडान भरेर बिदाई गरेको हो। बुद्धसँग रहेका थप २ वटा एटीआर ४२-५०० सिरिजका विमान पनि उडान योग्य अवधिका आधारमा चाँडै नै बिदाई गरिंदैछ। एटिआर ७२ को तुलनामा सानो आकारको यो विमानबाट बुद्ध एयरले काठमाडाैं भरतपुर रूटमा दुई तर्फी उडान भर्दै आएको छ।

इन्टरनेटमा उपलब्ध जानकारी अनुसार पहिले नै प्रयोगमा आइ सकेका पुराना एटिआर ७२ ५०० मोडलका जहाजको मूल्य १ करोड १५ लाख अमेरिकी डलर(शुक्रबारको सटही दर अनुसार १ अर्ब ५५ करोड ८४ लाख नेपाली रूपैयाँ) पर्छ। स्वदेशी वायू सेवा कम्पनीका अनुसार नेपालमा भित्र्याइएका विमानको खरिद मूल्य करिब १ अर्ब रूपैयाँ पर्ने गरेको छ।

बिन्टर क्यानरियाज क्षेत्रिय वायू सेवा कम्पनी हो । यो कम्पनीको वेब साइटका अनुसार हाल २८ वटा एटिआर ७२ र  १० वटा इम्ब्रेरर १९५ इटु सिरिजका जहाज छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

56%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS