IME Life New

बुक बिल्डिङ: सर्वोत्तमको आइपीओ नेप्सेमा सूचीकरणको तयारी, कसरी तय होला ओपनिङ रेन्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुक बिल्डिङ विधिबाट ल्याइएको सर्वोत्तम सिमेन्टको आइपीओ यही साताभित्रै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्ने तयारी भइरहेको छ। सर्वोत्तम सिमेन्टको आइपीओ शेयरधनीहरुको डिम्याट खातामा भने आइसकेको छ। ‘आइपीओ सूचीकरणका लागि फाइल नेप्सेमा आइसकेको छ, सम्भवतः यही साताभित्र सूचीकरण सम्झौता भएर कारोबार पनि खुल्न सक्छ’, नेप्सेका एक अधिकारीले भने।

त्यसो त बुक बिल्डिङ विधिबाट ल्याइएको आइपीओको पहिलो कारोबारका लागि तोकिने ओपनिङ रेन्जका विषयमा भने अन्यौलता नै देखिएको छ। ‘सर्वोत्तम सिमेन्टको शेयरलाई ओपनिङ रेन्ज अहिलेलाई हालकै विधिबाट तय गरिने वा सञ्चालक समितिमा निर्णय गरी नयाँ तरिका अपनाइने भन्ने विषयमा अन्यौलता छ’, ती अधिकारीले भने, ‘त्यसैले सञ्चालक समितिले निर्णय गरेपछि सर्वोत्तम सिमेन्टको आइपीओलाई ओपनिङ रेन्ज तोकिन्छ होला।’

Esewa
Crest

बुक बिल्डिङ विधिबाट नेप्सेमा सूचीकरणको अवस्थामा पुग्ने सर्वोत्तम सिमेन्टको आइपीओ पहिलो हो। ‘त्यसैले हालकै विधिबाट यो कम्पनीको आइपीओले ओपनिङ रेन्ज पाउने देखिन्छ, सञ्चालक समितिले अहिले नै यस विषयमा निर्णय गर्छजस्तो मलाई लाग्दैन’, नेप्से सञ्चालक समितिका एक सदस्यले भने।

केही समय पहिले नेप्सेले सूचीकृत कम्पनीको दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रदान गर्ने ओपनिङ रेन्ज घटाउने तयारी गरेको थियो। पछिल्लो समय कमजोर कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेबित्तिकै भाउ उचाल्ने गतिविधि भएकोले र प्रिमियम तथा बुक बिल्डिङ विधिबाट आइपीओ आउन थालेकोले नेप्सेको व्यवस्थापनले आइपीओको ओपनिङ रेन्ज घटाउने प्रस्ताव गरेको थियो। यो प्रस्तावमाथि एक चरण सञ्चालक समितिमा अनौपचारिक रुपमा छलफल पनि भएको थियो। त्यसपछि भने यो अजेन्डामाथि हालसम्म सञ्चालक समितिमा छलफल भएको छैन। ‘त्यसैले सर्वोत्तम सिमेन्टकै आइपीओका लागि ओपनिङ रेन्ज परिमार्जन गर्ने विषयमा निर्णय होलाजस्तो मलाई लाग्दैन’, ती सञ्चालकले भने।

पहिलेकै विधिबाट सर्वोत्तम सिमेन्टको आइपीओले ओपनिङ रेन्ज पाउँदा प्रतिकित्ता न्यूनतम १८५.३६ रुपैयाँ र अधिकतममा ५५६.०८ रुपैयाँसम्म हुन सक्ने देखिएको छ। किनकि यो कम्पनीको आर्थिक वर्ष २०७९/८०मा प्रतिशेयर नेटवर्थ १८५.३६ रुपैयाँ रहेको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकरण भएपछिको पहिलो कारोबारका लागि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेन्ज तोकिने परम्परा रहेको छ।
सर्वोत्तम सिमेन्टले प्रतिकित्ता ३६०.९० रुपैयाँमा सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो। योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको आइपीओको कट अफ प्राइस भने प्रतिकित्ता ४०१ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट गरेर सर्वसाधारणलाई कम्पनीले आइपीओ बिक्री गरेको हो।

बुक बिल्डिङ विधिमार्फत कम्पनीले आइपीओ ल्याउँदा योग्य संस्थागत लगानीकर्तालाई बिक्री गर्दा तय भएको कट अफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई आइपीओ ल्याउन पाउने व्यवस्था रहेको छ। यो विधिबाट ल्याइने आइपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने प्रावधान राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

25%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS