IME Life New

बीमा साक्षरताका लागि प्राधिकरणको भूमिका र जिम्मेवारी कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा साक्षरता रुपरेखा, २०८३ को मस्यौदा तयार पारेको छ। बीमा विकास तथा प्रवर्द्धनका लागि अपरिहार्य रहेको बीमा साक्षरता अभियान प्राधिकरण तथा बीमक दुवैको समान जिम्मेवारी भएकोले यस कार्यलाई मार्गदर्शन गरी एकरुपता प्रदान गर्ने सोचले यो रुपरेखा तयार गरिएको प्राधिकरणले जनाएको छ।

यस रुपरेखामा प्राधिकरणले सरोकारवाला निकायबाट रायसुझाव माग गरेको छ। रायसुझाव ३ दिन कार्यदिनभित्र लिखित रुपमा प्राधिकरणको बीमा प्रवर्द्धन शाखाको ई–मेल [email protected] मा पठाउन सकिनेछ।

Esewa
Crest

यस रुपरेखामा बीमा साक्षरताका लागि प्राधिकरणको जिम्मेवारी र भूमिका स्पष्ट रुपमा समेटिएको छ।

यस्ता छन् प्राधिकरणको जिम्मेवार र भूमिका

  • समयसापेक्ष रुपमा बीमा साक्षरतासम्बन्धी निर्देशिका तथा मापदण्डहरु तर्जुमा गरी कार्यान्वयनमा ल्याउने।
  • बीमासम्बन्धी सामान्यदेखि विशिष्ट ज्ञान समेटिएका साक्षरता सामग्री तथा पाठ्यक्रमको तयारी एव प्रमाणीकरण गर्ने।
  • विभिन्न सञ्चार माध्यम, प्रविधि र च्यानलहरुको उपयोग गरी देशव्यापी रुपमा बीमा साक्षरता तथा जनचेतना अभिवृद्धिसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरु प्रत्यक्ष रुपमा सञ्चालन गर्ने।
  • बीमा साक्षरता कार्यक्रमहरुलाई स्थानीय र तल्लो तहसम्म पुर्याउन आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न प्रशिक्षकहरुको प्रशिक्षण तथा अन्य क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्ने।
  • बीमा बजारका जनशक्ति, मध्यस्थकर्ता तथा अन्य सरोकारवालाहरुको व्यावसायिक दक्षता बढाउन विभिन्न समसामयिक र प्राविधिक बीमा विषयहरुमा नियमित तालिम सञ्चालन गर्ने।
  • इजाजतप्राप्त बीमकले बीमा साक्षरता प्रवर्द्धनात्मक कार्य गर्न गराउन परिपत्र तथा निर्देशन दिने।
  • नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल सरकारका मन्त्रालयहरु, स्थानीय सरकार, शैक्षिक संस्था र अन्य सरोकारवाला निकायहरुसँग सम्झौता गरी वित्तीय सचेतनाका कार्यक्रमहरुमा प्रभावकारी समन्वय र रणनीतिक साझेदारी गर्ने।
  • इजाजतपत्र प्राप्त संस्थाहरुले तर्जुमा गरेका वार्षिक साक्षरता योजनाहरुको समीक्षा गर्ने र देशैभरि सञ्चालन भएका बीमा साक्षरता कार्यक्रमहरुको नियमित अनुगमन, सुपरिवेक्षण एवं प्रभावकारिताको मूल्यांकन गरी आवश्यक निर्देशन जारी गर्ने।
  • राष्ट्रियस्तरमा बीमा साक्षरता, जनविश्वास र बीमा पहुँचको वास्तविक अवस्था पहिचान गर्न आवधिक रुपमा अध्ययन, अनुसन्धान तथा सर्वेक्षण सञ्चालन गर्ने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS