IME Life New

बीमा सर्भेयरलाई सूचीकरण हुन आउन नेपाल पुनर्बीमा कम्पनीको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले बीमा सर्भेयरलाई सूचीकरण हुन आउनका लागि आह्वान गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै बीमा सर्भेयरलाई सूचीकरण हुन आउन आह्वान गरेको हो। कम्पनीको आवश्यकताअनुसार बीमा दाबीहरुको क्षति मूल्यांकन कार्य गर्नका लागि सर्भेयरहरुको सूचीकरण गर्न लागिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त इच्छुक व्यक्ति, फर्म तथा कम्पनीलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको कार्यालय तथा कम्पनीको ई–मेल ठेगानामा आवश्यक कागजपत्र संलग्न गरी सूचीकरणका लागि आवेदन दिन कम्पनीले आह्वान गरेको छ।

सूचीकरण हुन इच्छुक सर्भेयरले बीमा प्राधिकरणबाट प्राप्त सर्भेयरको बहाल रहेको इजाजतपत्रको प्रतिलिपि, मुअकर तथा स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी तथा फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि अथवा व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र, पछिल्लो आवको करचुक्ता प्रमाणपत्रको प्रतिलिपि र क्षेत्रगत विशेषतासहितको कार्यानुभव विवरण पेस गर्नुपर्नेछ।

सूची दर्ताका लागि आवश्यक निवेदनको ढाँचा कम्पनीको वेबसाइटमा उपलब्ध कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS