IME Life New

बीमा समितिले २ सय जनालाई सर्भेयर लाइसेन्स दिँदै, भदौ १० गतेदेखि तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले २०० जनालाई सर्भेयर लाइसेन्स दिने भएको छ । यहि भदौ १० गतेदेखि नयाँ सर्भेयरहरुलाई तालिम दिएर लाइसेन्स दिइने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए नयाँ सर्भेयर लाइसेन्सका लागि समितले यहि भदौ १० गतेदेखि तालिम सुरु गर्न लागेको उनले जानकारी दिए ।

कोभिड १९ का कारण धेरै जनालाई एकै ठाउँमा राखेर तालिम दिन नमिल्ने भएकाले एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन लागिएको पौडेलले बताए । निर्जीवन बीमा क्षेत्रमा सर्भेयर अभाव हुँदा दाबी भुक्तानीमा समस्या देखिदै आएको छ । एउटा सर्भेयरको ५ वटा दाबी पेण्डिङ भएका खण्डमा उनिहरुले अन्य दाबी भुक्तानीको फाइल पाउदैनन् । तर बजारमा प्रयाप्त सर्भेयर नहुँदा उनिहरुको यस्तो सिमा बढाउनु पर्ने कम्पनीहरुको माग छ । तर समितिले नयाँ सर्भेयरका लागि तालिम सुरु गर्न थालेको हो ।

Esewa
Crest

नेपालमा सर्भेयरको धेरै नै समस्या रहेको छ । ४/५ सय जनाले सर्भेयरको लाइसेन्स लिए पनि मुस्किलले १००/१५० जना मात्रै सक्रिय रहेका छन् । सर्भेयरले कम्पनीबाट नियमित तलब भत्ता पाउदैनन् । तर क्षतिको मूल्याङ्कन प्रतिवेदन बुझाएपछि भने राम्रो रकम आर्जन गर्न सक्छन् । सर्भेयरको लाइसेन्स पाउनका लागि कुनै पनि बीमा कम्पनीको अधिकृत स्तरको पदमा १० वर्षभन्दा लामो समय काम गरेको हुनुपर्छ  वा इन्जिनियरिङ विषयमा स्नातक हासिल गरेको हुनु पर्छ वा चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तिर्ण गरेको हुनुपर्छ  उक्त योग्यता पुगेका नेपाली नागरिकले बीमा समितिको वेवसाइट मार्फत आवेदन दिन सक्ने छन् । जसले पहिला आवेदन दिन्छन् उनिहरुलाई पहिला लाइसेन्सका दिइने समितले जनाएको छ । यसरी आवेदन दिनले समितिले तोके अनुसार तालिमा सहभागि हुनु पर्छ ।

योग्य र दक्ष सर्भेयरको अभाव हुँदा दाबी भुक्तानीमा ठूलो समस्या देखा पर्दै आएको छ । यसमा लागि समितिले समय समयमा उनिहरुलाई तालिम दिनु पर्छ । नयाँ नयाँ व्यक्तिहरुलाई तालिम दिइनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS