IME Life New

बीमा समितिले सुदुरपश्चिम र मधेसमा प्रादेशिक कार्यालयका लागि भाडाको घर पाएन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले प्रादेशिक कार्यालय स्थापनाका लागि सुदुर पश्चिम प्रदेश र मधेस प्रदेशमा भाडाको घर पाउन सकेको छैन । समितिले फागुन २ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र मधेश प्रदेशको वीरजञ्जमा प्रादेशिक शाखा कार्यालय स्थापनाका लागि घरधनीहरु प्रस्ताव आह्वान गरेको थियो ।

कर्णाली प्रदेशमा माग गरिए अनुसार घर पाए पनि बाँकी दुई प्रदेशमा भने माग अनुसारको घर पाउन नसके पछि आज दोहोर्याएर सिलबन्दी प्रस्ताव आह्वान गरेको छ ।

Esewa
Crest

समितिले सुदुर पश्चिम प्रदेश कार्यायका लागि धनगढी उपमहानगरपालिका स्थित मुख्य सडक खण्डको चटकपुर शहीद गेटदेखि चौराहा हुँदै क्याम्पसरोड चोकसम्म मुख्य सडक वा सो भन्दा भित्र ५०० मिटरसम्म भित्री सडक क्षेत्रमा खोजेको हो । त्यस्तै मधेश प्रदेश कार्यालयका लागि वीरगंज महानगरपालिका स्थित श्रीपुरदेखि आदर्शनगरसम्मको मुख्य सडक वा सोभन्दा भित्र ५०० मिटरसम्म भित्री सडकले छोएको हुनुपर्नेछ ।

समितिले जारी गरेको सूचना अनुसार न्यूनतम २ हजार वर्गफिट भएको घर तथा भवनका मालिकले आजको १५ दिनभित्र सिलबन्दी पेश गर्नुपर्नेछ । समितिले प्रदेशिक कार्यालयमा आवश्यक जनशक्तिको लागि दरखास्त आह्वान समेत गरिसकेको छ । प्रत्येक प्रदेशमा ६/६ जनाको दरबन्दी छुट्टाइएको छ ।

एउटा प्रादेशिक कार्यालयमा एक जना उपनिर्देशक, २ जना सहायक निर्देशक, सूचना प्रविधिमा एक जना र दुई जना सहायक प्रथमको दरबन्दी रहनेछ । २ जना सहायक निर्देशक मध्ये एक जना कानुन तर्फको सहायक निर्देशकलाई पठाउने समितिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS