काठमाण्डौं । बीमा समितिले चालू वर्षको लागी इजाजत पत्र नविकरण गराएका १ हजार दुई सय भन्दा बढी सर्भेयरको नामावली सार्वजनिक गरेको छ ।
सर्भेयरको योग्यताको आधारमा क देखि घ सम्म चारवटा वर्गमा विभाजन गरेको समितिले १ हजार २ सय ९ सर्भेयरको नामावली आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।
समितिका अनुसार क वर्गमा ५०, ख वर्गमा ५६, ग वर्गमा १३० जना सर्वेयरले आफ्नो इजाजत पत्र नविकरण गराएका छन् । यसबाहेक इजाजत पत्र नविकरण गराउने सबैभन्दा बढी घ वर्गमा ९ सय ७३ जना रहेका छन् ।
बीमा समितिले सार्वजनिक गर्याे इजाजत पत्र नविकरण गराएका सर्भेयरको नामावली

















