IME Life New

समितिले बीमा सम्बन्धी विद्यालय तथा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले बीमा सम्बन्धमा विद्यालय तथा विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिता गर्ने भएको छ । समितिले चालु आर्थिक वर्ष २०७८/ ७९ मा बीमाको महत्व शिर्षकमा विद्यालयस्तरीय र जोखिम व्यवस्थापनमा बीमाको भुमिका शिर्षकमा विश्वविद्यालयस्तरीय निवबन्ध प्रतियोगिता गर्न लागेको जनाएको छ ।

उक्त प्रतियोगितामा सहभागि हुन चाहाने विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुले सुचना प्रकाशित भएको मितिले ३ महिनाभित्र तोकिएको शर्त अनुसार समितिमा पेश गर्न आग्रह गरेको छ । विद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा ५ देखि कक्षा १२ मा अध्ययनरत तथा कक्षा १२ को परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । विद्यार्थीहरूले “बीमाको महत्व” शीर्षकमा कम्तीमा दुई हजार शब्दको निवन्ध लेखी समितिलाई उपलब्ध गराउनुपर्ने छ ।

Esewa
Crest

त्यसैगरी विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगिताका लागि कक्षा १२ भन्दा माथिल्लो कक्षामा अध्ययनरत तथा परीक्षा दिई नतिजा पर्खिरहेका विद्यार्थीहरूले “जोखिम व्यवस्थापनमा बीमाको भुमिका” शीर्षकमा कम्तीमा तीन हजार शब्दको निवन्ध लेखी समितिमा उपलब्ध गराउनुपर्ने छ ।

साथै, विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः २० हजार, १२ हजार र ७ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने समितिले जनाएको छ ।

विश्वविद्यालयस्तरीय निवन्ध प्रतियोगितामा सहभागी भई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः२५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाएको छ । साथै, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूका निवन्धहरू यस समितिबाट प्रकाशन हुने पत्रिकामा समेत प्रकाशन गरिने छ ।

समितिले देशमा बीमा क्षेत्रको समग्र विकास एवम विस्तारका साथै बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । थप जानकारीका लागि बीमा समितिले समितिमा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS