IME Life New

बीमा समितिद्वारा कालिज बीमा सम्बन्धी निर्देशिका जारी, सरकारी अनुदान पाउने व्यवस्था हटाइयो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले किसानले घरमा पाल्ने तथा व्यवसायिक रुपमा पालन गर्ने कालिज (एक प्रकारको चरा) को बीमालेख सम्बन्धी परिपत्र जारी गरेको छ । समितिले फाल्गुण ३० गते परिपत्र जारी गर्दै कम्पनीहरुलाई कालिजको बीमालेख जारी गर्न बाटो खोलेको हो ।

कृषि पेशा अन्तर्गत कालिज पाल्ने क्रम बढ्दै गएको सन्दर्भमा कालिजको बीमालाई अन्य कृषिजन्य पशुपंक्षीको लागि पाइने ७५ प्रतिशत अनुदान सुविधा दिने व्यवस्था हटाइएको छ । नेपालमा पनि कालिज पालन गर्ने व्यवसायीहरुको संख्या बढ्दै गएको सन्दर्भमा अध्ययन गरेर बीमा समितिले कालिज बीमा योजना ल्याएको समितिले जनाएको छ । कृषि मन्त्रालयले कालिजको बीमामा अनुदान दिने व्यवस्था हटाउन आग्रह गरेकोले अनुदानको व्यवस्था हटाइएको बीमा समितिको भनाई छ ।

Crest

कालिज बीमालेखका विशेषताहरुः

कालिज बीमा योजनाले सबै अवस्थामा रक्षावरण गर्दैन । अष्ट्रिचकोे बीमा अवधि भित्र आगलागी, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।
यस बीमा योजनामा सरिक पश्चात् बीमा अवधिभित्र बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमांक रकमको दुई लाख रुपैयाँ भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

रक्षावरण नगर्ने अवस्थाहरु

कालिज बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । कालिज धनी वा निजको घरको परिवारको सदस्य, कर्मचारी, पशुचिकित्सक, अवलोकनकर्ता, अन्य हेरचाहमा संलग्न व्यक्तिको लापरवाहीले वा जानाजान वा मनोरञ्जनको उद्देश्यबाट वा रिसईवीपूर्ण व्यवहारको कारणले कालिज मरेमा यस बीमालेखले रक्षावरण गर्देन ।
साथै व्यापक संक्रमक रोग (बर्डफ्लुको कारणबाट बीमित पन्छी मरेमा, पन्छीको रोग रोकथामको लागि लगाउनुपर्ने खोप नलगाई मृत्यु भएमा, सरकारी निकायको आदेशमा कालिजलाई नष्ट गर्नु परेमा जोखिम बहन नहुने जनाइएको छ।

कालिज बीमा अन्त्यको व्यवस्था पनि बीमालेखमा गरिएको छ । बिक्री वा अन्य कुनै कारणबाट स्वामित्व हस्तान्तरण भएमा, युद्ध, आक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, क्रान्ति, सत्ता, जस्ता कारणबाट कालिजको मृत्यु भएमा, आणविक विकिरण वा आणविक इन्धनको ज्वलनपछि शेष रहेको बेकम्मा पदार्थबाट निस्कने रेडियो धर्मिता जारी रहने अणुको विच्छेदनको ज्वलन समेतको सक्रियता संसर्गबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हुने कुनै दुर्घटना, पन्छी राख्ने स्थानको सम्बन्धमा पन्छी धनीले मूलभूत विवरण दिँदा झुट्टा विवरण दिएमा, जोखिमको मुल्याङक गर्नको लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा दावी भुक्तानी हुन नसक्ने उल्लेख छ।

बीमकको सहमति बेगर पन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा, बीमा अवधि शुरु भएको दिन बाट ७ दिन भित्र रोग लागेमा वा सोको कारणबाट पन्छीको मृत्यु भएमा कम्पनीले दाबी भुक्तानी गर्न बाध्य हुने गरी पोलिसी बनाएर बिक्री गर्न बीमा समितिले जारी गरेको निर्देशिकाले मार्ग प्रशस्त गरेको छ।

दाबी सम्बन्धि प्रक्रिया

कालिज बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट कालिज मरेमा सोको ७ दिनभित्र वा सोअवधिभित्र संभव नभएमा सोको कारणसहित सम्भव हुनासाथ बीमित बैंक वा सदस्य संस्थामार्फत दावी भुक्तानीका लागि गर्न सक्नेछन् । दावी भुक्तानीको लागि सक्कल बीमलेख, पूर्ण रुपले भरिएको दाबी फाराम, कालिज मरेको प्रमाण पत्र, कालिज पालन सम्बन्धि अध्यावधिक अभिलेखको प्रतिलेखको प्रति, सम्बन्धित गाउँपालिका÷नगरपालिका÷वडा र कम्तिमा नजिकको छिमेकीको सर्जमिन मुचुल्का र बीमीतले पालेको कालिजको अभिलेख पेश गनुपेर्नेछ ।
बीमालेख अन्तर्गत बीमकले दाबी भुक्तानि नदिएमा वा कम दिएमा साको जानकारी प्राप्त भएको पैँतीस दिन भित्र कालिजधनीले बीमा समितिमा उजुरी दिन सक्ने पनि बमिा समितिले जनाएको छ ।

विशेष व्यवस्थाहरु
कालिज बीमा गर्दा प्रति वर्ष बीमाङक रकमको पाँच प्रतिशतका दरले बीमाशुल्क लाग्नेछ, सदस्य संस्थामार्फत बीमा भएमा कुल बीमाशुल्कमा १५ प्रतिशत छुट दिन पाइनेछ व्यवस्था गरिएको छ ।
साथै पन्छीको बीमा ब्याच समूहको रुपमा गरिएको हकमा प्रति ब्याच (समूह) बीमाङ्क रकमको १ दशमलव २५ प्रतिशतका दरले बीमाशुल्क लाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS