IME Life New

बीमा समितिको सहकार्यमा दैलेख जिल्लामा कृषि बीमा तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना दैलेख र बीमा समितिको सहकार्यमा ९ दिने कृषि बीमा तालिम सम्पन्न भएको छ। परियोजनाको कार्यान्वयन इकाई दैलेखले समिति सँगको समन्वयमा फागुन ९ गतेदेखि १७ गतेसम्म तालिम आयोजना गरेको थियो।

तीन चरणमा सम्पन्न उक्त कार्यक्रममा २० जना महिला र ५० जना पुरुषको सहभागिता रहेको थियो।  उक्त तालिमममा ३ नगरपालिका र ७ गाउपाँलिकाबाट स्थानीय कृषक, नगरपालिका कृषि प्राविधिक, जिल्ला पशु सेवा कार्यालयका प्रतिनिधिहरुको सहभागिता  थियो।

Esewa
Crest

पहिलो चरणमा दैलेख स्थित परियोजनाको कार्यालयमा ४ महिला र १७ पुरुष गरि २१ जनाको सहभागिता थियो । दोस्रो चरणमा दल्लु नगरपालिकाको १० जना महिला र १६ जना पुरुषको सहभागिता थियो र तेस्रो चरणमा दैलेखस्थित परियोजनाको कार्यालयमा ६ जना महिला र १७ जनाको सहभागीता थियो ।

कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन कार्यालयका प्रमुख वरिष्ठ अधिकृत राजु भुजुले गरेका थिए।  कार्यक्रमको प्रमुख अतिथि  दैलेख जिल्लाको दुल्लु नगरपालिकाका मेयर धनश्याम भण्डारी थिए।

सुर्खेत परियोजनाका प्रमुख हरी प्रसाद पण्डित, जुम्ला परियोजनाका प्रमुख नवराज भण्डारी, र बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले समहभागिलाई परिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS