IME Life New

बीमा सचेतना अभियानका लागि बीमकलाई प्राधिकरणले पुनः ताकेता गर्‍याे

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरूलाई बीमा सचेतना सम्बन्धमा अभियानलाई निरन्तरता दिनका लागि  निर्देशन दिएकाे छ। सबै ७७ जिल्लाहरुमा जनचेतना फैलाउनका लागि दुई वर्ष अघि प्राधिकरणले बीमा कम्पनीहरुलाई जिल्ला ताेकेरै जिम्मा दिएकाेमा बीमकले चासाे नदेखाएपछि प्राधिकरणले पुनः निर्देशन दिएकाे हाे ।

प्राधिकरणले मर्जर भइसकेका बीमा कम्पनीहरुलाई मर्जर हुनु अघिका सबै जिल्लाहरुमा सचेतना अभियानलाई निरन्तरता दिन निर्देशन दिएकाे छ। तत्कालीन बीमा समितिले प्रत्येक बीमा कम्पनीहरुलाई चार चारवटा जिल्लामा वर्षभरसम्म बीमा सम्बन्धी सचेतना अभियान सञ्चालन गर्न १३ फाल्गुन २०७८ मा निर्देशन दिएकाे थियाे । प्राधिकरणकाे निर्देशन जीवन बीमकले प्रभावकारीरुपमा कार्यान्वयन गरेका छैनन् । अब मर्ज भएका कम्पनीले साबिकमा आफूहरुले जिम्मा पाएका सबै जिल्लाहरु समेटेर कार्यक्रम सञ्चालन गर्नुपर्नेछ।

Crest

प्राधिकरणले बीमा सचेतना अभियान सञ्चालन सम्बन्धी मापदण्ड निर्धारण गरेकाे छैन । मापदण्ड नभएकाले बीमकले ताेकिएका जिल्लाहरुमा आफूखुशी ढ‌ंगले सचेतना कार्यक्रम सञ्चालन गरे । केही बीमकले अभिकर्ता भेलामा सचेतना अभियानकाे तुल झुण्ड्याएर औपचारिकता पुरा गर्ने काम समेत गरेका छन् ।

बीमामा सर्वसाधारणकाे पहुँच वृद्धि गर्नका लागी बीमा बारे आधारभूत सचेतना फैलाउनु आवश्यक भएकाे निष्कर्ष सहित प्राधिकरणले सचेतना अभियानका लागी बीमा कम्पनीलाई जिम्मा लगाएकाे हाे ।

बीमकले चालू आवकाे भदाै महिनादेखि मासिक कम्तीमा एक पटक बीमा सचेतना अभियान सञ्चालन गरेर साेकाे जानकारी महिना पुरा भएकाे तीन दिनभित्र नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्नुपर्नेछ। यस्ताे प्रतिवेदनलाई प्राधिकरणले अर्काे महिनाकाे ५ गतेभित्र प्रधानमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयमा पेश गर्नेछ। स‌ंघीय सरकारले बीमामा सर्वसाधारणकाे पहुँच वृद्धिका लागी प्राधिकरण र बीमा कम्पनीहरूबाट भइरहेकाे प्रयास सम्बन्धमा आवधिक प्रगती विवरण पेश गर्न प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले प्रगती विवरण मागेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS