IME Life New

बीमा प्राधिरकण लुम्बिनी प्रदेश कार्यालयद्धारा भुमिकास्थान नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिरकण, लुम्बिनी प्रदेश कार्यालयले भुमिकास्थान नगरपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश कार्यालयले कार्तिक २० गते उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बीमा प्राधिकरण उक्त प्रादेशिक कार्यालयका प्रमुख, नगरप्रमुख उप नगरप्रमुख, स्थानीयबासी लगायतको उपस्थिती थियो ।

कार्यक्रममा कृषि बालीहरुको बीमा गर्न बीमा कम्पनीहरुले नमानेको, कषि बीमा सम्बन्धमा कृषकहरुलाई नै प्रर्याप्त जानकारी नभएको, बीमा सजिलैसँग गराउने तर, दाबी भुक्तानीमा झुलाउने, जिल्ला तोकिएका बीमा कम्पनीको अर्घखाँचीमा शाखा कार्यालय नभएको, इन्जिनियरिङ बीमा अन्तर्गत डिएलपी पिरिएडमा लस हुँदा बीमा दाबी भुक्तानी नभएको, लघु बीमा सम्बन्धमा थप जानकारी लिन ईचछुक भएको, बसाइसराई गरेको घरको बीमा गर्न मिल्छ कि मिल्दैन भन्ने जिज्ञाशा स्थानीयहरुले गरेका थिए ।

Crest

कार्यक्रममा उठेका जिज्ञाशाहरुको जवाफ प्राधिकरणका उक्त प्रदेश प्रमुले दिएका थिए । कार्यक्रममा नगरप्रमुखले यस नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । उनले यस नगरपालिकामा भएको विविध जोखिहरुको पहिचान गरी बीमाको दायरामा ल्याउन प्रतिबद्धता व्यक्त समेत गरे । नगरपालिकाले सम्भाव्य हानी नोक्सानीको पहिचान गरी प्राधिकरणको सहयोगमा बीमा निती निर्माण गर्ने बताए ।

कार्तिक २० गते नै प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले अर्घखाँची जिल्लाको सन्धीखर्कमा बीमा कम्पनीका शाखा प्रमुखहरुसँग समसामयिक विषयमा छलफल गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुखहरुले विभिन्न जिज्ञाशाहरु गरेका थिए ।

कार्यक्रममा अभिकर्ता इजाजतपत्रको परीक्षा सजिलै मोबाइल एप्सबाट संचालन हुनुपर्ने, परीक्षा अनलाइन भएको कारण अभिकर्ताको संख्यामा कमी आई बीमा व्यवसायमा कमी हुने, बालबालिका बीमालेख प्रािधकरण कम्पनी कसको कारणले रोकिएको हो शाखा प्रमुखहरुको जिज्ञाशा रहेको थियो ।

साथै, कोरोना बीमा दाबी भुक्तानी रोकिएको कारणले बीमा बजारमाथि अविश्वास जागेको, नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजि शाखा कार्यालयहरु स्थापना नभएको उनीहरुको भनाई थियो । उक्त जिज्ञाशाहरुको जवाफ प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुले दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS