IME Life New

बीमा प्राधिकरणले तयार पार्यो बीमकको एक्चुअरी नियुक्तिसम्बन्धी मार्गदर्शन, माग्यो रायसुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको बीमांकी (एक्चुअरी) नियुक्तिसम्बन्धी मार्गदर्शन, २०८० को मस्यौदा तयार पारेको छ।

मार्गदर्शनको मस्यौदाअनुसार बीमकले अनिवार्य रुपमा एक्चुअरी नियुक्ति गर्नुपर्नेछ। बीमकले बीमा व्यवसाय सञ्चालनका लागि स्वतन्त्र सल्लाह लिन र प्राप्त गर्न आवश्यक परेमा पियर रिभ्यु एक्चुअरी नियुक्त गर्नुपर्ने मार्गदर्शनमा व्यवस्था गरिएको छ। इन्स्टिच्युट अफ फ्याकल्टी अफ एक्चुअरिज यूके, इन्स्टिच्युट अफ फ्याकल्टी अफ एक्चुअरिज इन्डिया, सोसाइटी अफ एक्चुअरिज अमेरिका, क्याजल्टी एक्चुअरियल सोसाइटी, क्यानेडियन इन्स्टिच्युट अफ एक्चुअरिज, इन्स्टिच्युट अफ एक्चुअरिज अस्ट्रेलिया वा विश्वस्तरमा परिचित अन्य व्यावसायिक एक्चुअरी निकायहरुमा सक्रिय सदस्य रहेका व्यक्तिलाई एक्चुअरीमा नियुक्त गर्न सकिने प्रावधान मार्गदर्शनमा तोकिएको छ।

Crest

एक्चुअरीमा नियुक्त हुने व्यक्ति जीवन बीमा क्षेत्रमा कम्तीमा २ वर्ष पोस्ट फेलोसिप कार्यानुभव भएको हुनुपर्ने व्यवस्था पनि मार्गदर्शनमा गरिएको छ।

मार्गदर्शनअनुसार नेपालका अन्य बीमा कम्पनी कार्यरत व्यक्तिलाई एक्चुअरीमा नियुक्त गर्न पाइने छैन। अन्य एक्चुरियल फर्म वा कन्सल्टेन्ड एक्चुअरीका रुपमा कार्यरत व्यक्तिलाई पनि बीमा कम्पनीले एक्चुअरीमा नियुक्त गर्न नपाउने प्रावधान तोकिएको छ।

बीमा प्राधिकरणले २०८१ साउन १ गतदेखि लागू हुने यो बीमकको बीमांकी (एक्चुअरी) नियुक्तिसम्बन्धी मार्गदर्शन, २०८० को मस्यौदामाथि रायसुझाव पनि माग गरेको छ। सरोकारवालाले माघ २१ गतेभित्र प्राधिकरणको कार्यालयमा रायसुझाव पेस गर्न सक्नेछन्।

Draft-of-Actuarial-Appointment-Guideline-V_8

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS