IME Life New

बीमा दाबीका लागि निर्जीवन बीमकको सेवा दशैं बिदाको दिनहरूमा पनि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ‘जेन जी’ आन्दोलनले भदाै २३ र २४ गते भएको विध्वंशका क्रममा जनधनमा पुर्‍याएको क्षतिको दाबी भुक्तानीलाई सहजीकरण गर्न यसपटक दशैं बिदाको अवधिमा पनि अधिकांश निर्जीवन बीमकले दाबी सम्बन्धि सेवा खुला राखेका छन्।

निर्जीवन बीमकले आफ्नो आधिकारिक फेसबुक पेज वा वेबसाइटमार्फत सूचना जारी गर्दै बीमा दाबी सम्बन्धि सेवाका लागि केन्द्रिय कार्यालयमा दाबी विभाग र प्रदेश स्तरमा प्रदेश कार्यालय प्रमुखहरूसँग फाेनमार्फत सम्पर्क राख्न अनुरोध गरेको छ।

Crest

नेको इन्स्योरेन्सले दशैं बिदाका बेला असोज १३ देखि १५ गतेसम्म प्रदेश कार्यालय र प्रधान कार्यालय खुल्ला रहने जानकारी दिएको छ। इन्स्योरेन्सका अनुसार, प्रदेश कार्यालयबाट बीमालेख सम्बन्धि सेवा र प्रधान कार्यालयबाट दाबी सम्बन्धि सेवा प्रदान गरिनेछ। दाबीका लागि कम्पनीको आधिकारिक इमेल [email protected] मार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिएको छ।

नेपाल इन्स्योरेन्स लिमिटेडले असोज १३ देखि १५ गतेसम्मको सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीस्थित प्रधान कार्यालय खुला रहने जानकारी दिएको छ। साथै बीमा र दाबी सम्बन्धि सेवाका लागि ६ जना कर्मचारीको सम्पर्क मोबाइल नम्बर पनि उपलब्ध गराएको छ।

शिखर इन्स्योरेन्सले प्रधान कार्यालयका चार जना कर्मचारी र प्रदेश कार्यालयहरूमा प्रदेश कार्यालय प्रमुखलाई दाबीका लागि सम्पर्क गर्न सकिने जानकारी सार्वजनिक सूचनामार्फत गराएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले दशैं बिदामा कार्यालय बन्द रहने भएपनि दाबी सम्बन्धित सेवा लागि कम्पनीको आधिकारिक इमेल [email protected] मार्फत सम्पर्क गर्न सकिने जानकारी दिएको छ। कम्पनीले पनि सातवटै प्रदेशका लागि सम्पर्क व्यक्ति तोकेको छ।

सिद्धार्थ इन्स्योरेन्सले सातवटै प्रदेशमा प्रदेश प्रमुखहरूलाई सम्पर्क व्यक्तिको जिम्मेवारी तोकेको छ।

एनएलजी इन्स्योरेन्सले असोज १३ देखि १८ गतेसम्मका लागि बीमा सेवा वा दाबी सम्बन्धि सेवाका लागि सम्पर्क गर्न सकिने ७ जना कर्मचारीको मोबाइल नम्बर वेबसाइटमा प्रकाशन गरेको छ।

अर्को निर्जीवन बीमक, आइजीआइ प्रुडेन्सियलले पनि दशैंको सार्वजनिक बिदाका समयमा पनि बीमा सम्बन्धि सेवाका लागि सम्पर्क गर्न सकिने कर्मचारीहरूको सम्पर्क नम्बर र नाम वेबसाइटमार्फत उपलब्ध गराएको छ।

प्रभु इन्स्योरेन्सको वेबसाइट मेन्टिनेन्स मोड(मर्मतको अधिन) मा छ।

आन्दोलनका क्रममा भएको जिउज्यानको क्षति वा दुर्घटनामा घाइते बीमितलाई क्रेष्ट माइक्रो लाइफले २४ घण्टाभित्र दाबी भुक्तानी दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS