IME Life New

बीमा जरुरी छ : प्रकाश सापकोटाको बिचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रकाश सापकोटा

बीमा समन्धी कतिपय सकारात्मक तथा नकारात्मक धारणा पाइन्छ। खासगरि आम जनमानसमा बीमा भन्ने बित्तिक्कै मान्छेको मृत्यु पश्चात पाइने रकम भन्ने बुझिन्छ । तर यो सरासर झुटो हो । बीमा भनेको खास गरि आफू छँदा आफ्नो लागि र आफ्नो मृत्यु पछि आफ्नो सुन्दर परिवारको लागि बचत हो । एकथरिको भनाइ छ बीमा कम्पनी पैसा खाएर भाग्न सक्छन । यो भन्नू आफ्नो आँखामा आफै छारो हाल्नु सरह हो । बीमा कम्पनी सरकारी नियन्त्रण तथा बीमा समिती भन्दा बाहिर गएर कुनै पनि काम गर्न सक्दैन र पाउँदैनन पनि त्येसैले जनमानसको १ रुपैयाँ पनि अबमूल्यन हुने ठाउँ नै छैन ।

हाम्रो जस्तो बिकासोन्मुख देशमा हरेक ब्यक्तिले जीवन बीमा गर्नु अनिवार्य भइसक्यो । सरकारले समेत बीमा क्षेत्रलाई प्राथमिकता दिई बीमा गर्ने मानिसलाइ बार्षिक करमा समेत निश्चित रकम छुट दिन थालेको छ । त्यस्तै बीमा गर्नाले बचतको बानी बस्छ, जोखिम न्युनिकरण गर्छ, भबिष्यमा आर्थिक सुरक्षा प्रदान गर्छ, बीमितको मृत्यु पश्चात पनि परिवारमा आर्थिक अभाब खट्किदैन, आयकरमा छुट पाइन्छ, बुढेसकाल तथा ओछ्यानको बास पर्दा सहयोगी भुमिका निर्बाह गर्छ, बिना धितो सर्बसुलभ लोन पाइन्छ, साथै आफ्नो बालबालिका तथा आफ्नो दैनिकी गुजरा गर्न समेत जीवन बीमा अपरिहार्य बन्दै गएको छ।र अर्को झन रोचक पाटो बीमा गरिसकेपछी निश्चितत समय आगाबै हत्तपत्त निकाल्न नपाइने भयकाले यो अनिबार्य बचत पनि हो।अन्य क्षेत्रमा गरेको बचत र यसमा गरेको बचतमा निकै अन्तर हुन्छ। अन्य क्षेत्रको बचत जति खेर मन लाग्यो त्यति खेर झिक्न पाइन्छ भने यो क्षेत्रमा भने निश्चित समय पुगेपछी आफुले जम्मा गरेको रकम साथै एकमुस्ट बोनस समेत निकाल्न पाइने भएकाले सहजै आर्थिक गर्जो टार्न समेत सकिन्छ।

Esewa
Crest

यसको साथ साथै बजारमा थुप्रै जीवन बीमा कम्पनिहरु कार्यरत रहेका छन । यसमा पनि कम्पनी को सबै बित्तिय अबस्था बुझी जस्तै बोनस, चुक्ता पुँजी, कम्पनिको बित्तिय सेरोफेरो चित्रण गरि  बीमा गर्नाले आकर्षक प्रतिफल समेत पाइन्छ । भोलि समय सकिए पछी वा समय अगाबै निकाल्दा आफुले पाउने रकम तथा प्रतिफल समेत कम्पनिको बोनसमा निर्भर हुने भएकाले धेरै बोनस भएको कम्पनीमा  बीमा गर्दा मनग्य प्रतिफल पाइन्छ ।

त्यसैले बजारमा चलेका बकम्फुसे हल्लाको पछि नलागी राम्रो कम्पनी छानी आफ्नो आर्थिक अवस्था अनुसार आफू र आफ्नो परिवारको बीमा गर्नाले जिन्दगीमा एकचोटी पाइने मानिसको चोलामा आइपर्ने विभिन्न आर्थिक झमेलासँग राम्रो सँग सिगौरी खेल्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS