IME Life New

बीमा कम्पनीहरुमा पनि गोएमएल सफ्टवेयर प्रयोगमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । अब बीमा कम्पनीहरुमा पनि गोएमएल सफ्टवेयर प्रयोग हुने भएको छ । अवैध मुद्रा निर्मलीकरणलाई नियन्त्रण गर्ने उद्देश्यले बीमा कम्पनीहरुमा समेत एकीकृत सूचना प्रणाली गोएमएल) लागू गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थाहरुमा लागू भइसकेको गोएमएल सफ्टवेयरलाई नै अनिवार्य रुपमा बीमा कम्पनीहरुमा लागू गर्न लागिएको हो ।

यस सफ्टवेयर प्रणालीले बीमा कम्पनीहरुमा बीमा गराउन आउने बीमितहरुमध्ये निश्चित सीमाभन्दा बढी रकमको बीमाशुल्क भुक्तानी गर्ने, राजनीतिक पृष्ठभूमी भएको तथा शंकास्पद कारोबार गर्ने व्यक्तिहरुबारे नियमित रुपमा विवरण संकलन गर्नेछ । प्रत्येक बीमा कम्पनीहरुमा कार्यान्वयनमा ल्याइने यस सफ्टवेयरको सर्भरमा बीमा कम्पनीको कर्मचारीहरुले नियमित रुपमा विवरण प्रवृष्टि गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागले अवैध स्रोतबाट आर्जन गरेको मुद्रालाई बैंक वित्तीय संस्था, बीमा कम्पनीहरु मार्फत् शुद्धिकरण गर्ने प्रवृत्तिलाई अंकुश लगाउने उद्देश्यले यस सफ्टवेयर लागू गरेको छ। सम्पत्ति शुद्धिकरण विभागले कार्यान्वयनमा ल्याए पनि यसको व्यवस्थापनको जिम्मा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी ईर्कालाई दिएको छ ।

जीवन बीमा कम्पनीहरुमा यस सफ्टवेयर लागू गर्ने तयारीका क्रममा नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले बुधबार काठमाण्डौंमा बीमकको प्रधान कार्यालयका कर्मचारीहरुलाई तालिम प्रदान गर्ने भएको छ । तालिममा जीवन बीमकहरुको सम्पत्ति शुद्धिकरण अनुगमन विभागका दुई जना कर्मचारीहरुलाई सहभागी गराइदैंछ ।

सम्पत्ति शुद्धिकरण सम्बन्धमा अन्तर्राष्ट्रिय अनुगमनकर्ता निकाय फाइनान्सियल एक्शन टास्क फोर्स(एफएटिएफ)ले गत वर्ष नै नेपालको बैंक,वित्तीय संस्था, बीमा कम्पनी, शेयर बजारलगायत पूँजीको कारोबार हुने इकाईहरुमा अनुगमन गरेर नेपालमा सम्पत्ति शुद्धिकरणको अवस्थाबारे स्थलगत अध्ययन गर्ने तय भएको थियो । तर कोरोना महामारीको कारण स्थगन भएको अनुसन्धान कार्यालय यसवर्ष शुरु हुने भएको हुँदा बीमा कम्पनीहरुमा समेत सफ्टवेयर लागू गर्न लागिएको हो ।

एफएटिएफले कुनै पनि देशको सम्पत्ति शुद्धिकरणको अवस्थाबारे अध्ययन गरेर अवैध सम्पत्ति शुद्धिकरणको लागी सहज माहोल भएको उल्लेख गरेर प्रतिवेदन जारी गरेको अवस्थामा नेपालमा हुने वैदेशिक कारोबार ठप्प हुनेछ । साथै नेपालले प्राप्त गर्ने वैदेशिक सहायता समेत अवरुद्ध हुने खतरा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS