IME Life New

बीमा ऐन सहित १८ आर्थिक बिधेयक संसदमा अल्झियो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गत वर्ष सभामुख कृष्ण बहादुर महरा विवादमा परेदेखि नियमित हुन नसकेको संसद बैठकहरु यस पटक पनि प्रधानमन्त्री र सभामुखबीचको टलसका कारण अन्त्य भइसकेको छ । अब मंसिर–पुस यता हिउँदे अधिवेशन बोलाउने सम्भावना छैन ।

संसद अधिवेशन राजनीतिक प्रतिशोधको कोपभाजनमा पर्दा बीमा ऐन २०७५ अझै पारित हुन सकेको छैन । प्रतिनिधिसभामा दर्ता भएको बीमा विधेयक पारित भएमा शक्तिशाली बीमा प्राधिकरणमार्फत बीमा क्षेत्रको नियमन गर्ने योजना संसदमा अल्झिएको छ । हाल अर्थ समितिमा छलफलको क्रममा रहेको सो ऐन पारित हुन कम्तीमा यो वर्षको माघ कुर्नुपर्ने देखिएको छ । बीमा ऐन मात्रै होइन संघीय संसदमा करिब डेढ दर्जन आर्थिक विधेयकहरु रोकिएका छन् । प्रतिनिधिसभामा ११ वटा विधेयक अल्झिएका छन् भने राष्ट्रिय सभामा ७ वटा विधेयक अल्झिएका छन् ।

Crest

प्रतिनिधिसभामा बीऊ बिजन ऐन, बैंक तथा वित्तीय संस्था ऐन, धितोपत्र ऐन, राष्ट्र बैंक ऐन एक वर्षभन्दा लामो समयदेखि अल्झिएका छन् । त्यस्तै गत वर्ष मात्रै दर्ता भएको प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार संरक्षण ऐन, निकासी पैठारी ऐन, गाजाँखेती ऐन पारित हुन सकेको छैन । त्यस्तै यर्स वर्ष दर्ता भएको कर्जा सूचना केन्द्र, भन्सार ऐन, सार्वजनिक खरिद ऐन पनि संसदमै छ ।

यसबीचमा जम्मा चार वटा ऐन भने पारित भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, राजश्व चुहावट सम्बन्धी ऐन, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, भुक्तानी फस्र्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन पारित भइसकेका छन् । २०७६ साल बैशाख १९ गते दर्ता भएको राजश्व चुहावट सम्बन्धी ऐन सबभन्दा चाँडो पारित भएको आर्थिक ऐन हो ।

त्यस्तै राष्ट्रिय सभामा पनि केही विधेयकहरु अलपत्र अवस्थामा नै छन् । विद्युत विधेयक, स्टाण्डर्ड नापतौल ऐन, प्रतिलिपि अधिकार ऐन, हवाई सेवा प्राधिकरण र नागरिक उड्डयन विधेयक, रेलवे सेवा विधेयक, काठमाडौं उपत्यका यातायात प्राधिकरण विधेयक लगायतका आर्थिक क्षेत्रमा प्रभाव पार्ने विधेयकहरु अल्झिएका छन् ।

प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरुः

6 10 2077-03-14 पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ लाई संशोधन गर्न बनेको विधेयक, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
6 9 2077-03-11 कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अर्थ मन्त्रालय
6 8 2077-03-04 भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, अर्थ मन्त्रालय
6 7 2077-02-19 सार्वजनिक खरिद ऐन¸ २०६३ लाई संशोधन गर्न बनेको विधेयक, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
5 6 2076-11-29 प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
5 5 2076-11-29 निकासी पैठारी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
5 4 2076-11-19 गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, गैर सरकारी
5 3 2076-10-26 सैनिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, रक्षा मन्त्रालय
5 2 2076-08-29 पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
5 1 2076-08-29 कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीरण गर्न बनेको विधेयक, गृह मन्त्रालय
4 17 2076-05-25 धितोपत्र सम्बन्धी ऐन,२०६३ लाई संशोधन गर्न बनेक विधेयक, अर्थ मन्त्रालय
4 16 2076-05-25 नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक, अर्थ मन्त्रालय
4 15 2076-05-25 बैंङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, अर्थ मन्त्रालय
4 14 2076-05-25 सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, अर्थ मन्त्रालय
4 13 2076-04-12 मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, शिक्षा तथा प्रविधि मन्त्रालय
4 8 2076-02-07 बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
4 7 2076-02-07 बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपन्छी विकास मन्त्रालय
4 6 2076-02-05 खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, खानेपानी मन्त्रालय
4 2 2076-01-10 राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
3 19 2075-11-29 राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, रक्षा मन्त्रालय
3 18 2075-11-28 राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक. प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय
3 13 2075-11-02 सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
3 12 2075/10/27 सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
3 10 2075-10-14 शान्ति र सुरक्षा कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गृह मन्त्रालय
3 6 2075/09/24 लोक सेवा अयोग सम्बन्धी कानूनलाइ संशोधन र एकीरण गर्न बनेको विधेयक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
2 14 2075-04-22 नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, गृह मन्त्रालय
2 11 2075-03-27 बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, अर्थ मन्त्रालय

राष्ट्रिय सभामा दर्ता भएका विधेयकहरुः

652077-03-18विद्युत विधेयक, २०७७ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय 
642077/03/10अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
632077/02/19प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
622077/02/01प्रत्यायन (एक्रिडिटेशन) विधेयक,२०७६उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय
612077/02/01स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक,२०७६उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय 
612077/02/22सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक,२०७७गैरसरकारी
11२०७६-११-२८तथ्याङ्क विधेयक, २०७६प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
102076/11/28अनुगमन तथा मूल्याङ्कन विधेयकप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
592076/11/11नेपाल हवाई सेवा प्राधिकरण विधेयक,२०७६संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
582076/11/11नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक,२०७६संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
572076/11/08अध्यागमन विधेयक,२०७६गृह मन्त्रालय 
562076/10/06भष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक,२०७६प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय 
552076/10/06अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक,२०७६प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय 
542076/10/06योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक,२०७६शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
532076/09/18रेल्वे विधेयक,२०७६भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
522076/08/25नेपाल विशेष सेवा विधेयक,२०७६प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
512076/08/25निति अनुसन्धान प्रतिष्ठान विधेयक,२०७६प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
452076/04/21काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यबस्थापन) प्राधिकरण विधेयक,२०७६भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
442076/02/29नेपाल इन्जिनियरिङ परिषद्(पहिलो संशोधन)विधेयक,२०७६भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
432076/01/27नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसंचार तथा सूचना प्रविधि मन्त्रालय

 

422076/01/17गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ (मिति २०७६/०३/१० मा फिर्ता भएको)भूमी व्यबस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
412076/01/04संघ,प्रदेश र स्थानिय तहबीचको अन्तरसम्बन्ध व्यबस्थित गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक,२०७५प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय 
342075/09/26नागरिक लगानी कोष, २०४७ लाई संशोधन गर्न बनेको विधेयकअर्थ मन्त्रालय
332075/09/24ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

पारित भएका विधेयकहरुः

 

3142075-11-06आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकअर्थ मन्त्रालय2076-06-24
432076-01-19राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयकप्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय

 

3212075-11-29औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन, २०५३ लाई संशोधन गर्न बनेको बिधेयकउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय2076-12-07
2172075-04-27भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५अर्थ मन्त्रालय2075-12-04

स्रोत: संसद सचिवालय

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS