IME Life New

बीमा अभिकर्ता भनेको समाज सेवा हो, म यो पेशामा सन्तुष्ट छु – कञ्चन बोगटी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

कञ्चन बोगटी, एजेन्सि म्यानेजर,युनियन लाइफ इन्स्योरेन्स कम्पनी

आम मानिसहरुले बीमालाई उज्यालो पक्षले भन्दा पनि अध्यारो पक्षले बुझ्ने गरेको कञ्चन बोगटी बताउँछिन् । कञ्चन बोगटी पेशाले एक बीमा अभिकर्ता हुन् । गैरसरकारी संस्थामा काम गर्दै गरेकी कञ्चन करिब ३ महिना अघि देखि साथिको सल्लाहमा बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी थिईन् । अहिले बोगटी युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एजेन्सि म्यानेजरका रुपमा काम गर्दै आएकी छिन् ।

मानवीय जीवनमा जोखिमहरु धेरै छन्, तर आम मानिसहरुलाई आफ्नो जीवनको मुल्य भन्दा पनि सम्पत्तिको मुल्यलाई बढी प्राथमिकता दिने गर्छन् । तीनै मानिसहरु जो बीमा के हो र यो केका लागि भन्ने कुरामा नै जानकार छैनन्, ती मानिसहरुलाई बीमाको आवश्यकता बुझाउनको लागि म यो पेशामा प्रवेश गरेकी हुँ, बोगटीले बताईन् ।

Crest

बीमा अभिकर्ता पेशा एक सामाजिक पेशा हो, म यो पेशामा लाग्नु पूर्व नै एक सामाजिक कार्यकर्ता थिए, त्यसैले अन्य पेशामा आवद्ध नभई यो पेशामा आवद्ध रहन पुगे उनले बताईन् । उनले बीमा अभिकर्ताको लाइसेन्स प्राप्त गरेपछि पहिलो बीमा आफ्नै साथिको गराएकी थिईन् । पहिलो बीमा गराउदाँ खासै गाहे नभएको उनले बताईन् ।

कसैको हातबाट पैसा लिनु भनेको सानो कुरा हैन्, यो पेशामा धेरै चुनौति रहेका छन्, उनले भनिन् । आज पनि समाजमा बीमालाई हेर्ने दृष्टिकोण नै फरक रहेको छ । “आम मानिसहरुलाई थाहा छ कि आफ्नो जीवनमा जोखिम छ तर पनि उनीहरुले हामी अभिकर्ताहरुलाई हेर्ने दृष्टिकोण फरक रहेको पाईन्छ,” उनले भनिन् ।

बीमा गर्ने प्रस्ताव लिएर जादाँ ग्राहकहरु बीमा बुझ्नै चाहँदैनन्, उनीहरुले बीमालाई हेर्ने दृष्टिकोण नै फरक छ । “बीमालाई अध्यारो पक्षले बुझ्ने गर्छन्, उज्यालो पक्षले होईन ।” बीमितहरुले गर्ने व्यबहारले त दु:ख लाग्छ नै तर पनि आफ्नो काम नै त्यहि हो, उनीहरुलाई बीमा बुझाउनु नै पर्छ उनले भनिन् ।

शहनशिलता, धर्यता, मिलनसार, सबैमा घुलमिल हुने जस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हुनुपर्दछ । बीमा अभिकर्ता एउटा यस्तो सामाजिक काम हो, जसले प्रत्येक मानिसहरु माथि आई पर्ने जोखिमलाई बीमाद्धारा कम गर्ने गर्दछ । बोगटीले बताईन् ।

“मान्छेको जीवनको त बीमा हुँदैन्, उसको आम्दानीको बीमा हुने हो, त्यसैले बीमा बचत होईन् यो जोखिमको रक्षावरण गर्ने एक पाटो मात्र हो । ” कञ्चन भन्छिन् “बीमाको फाइदा भनेको नै जोखिमको रक्षावरण हो । ”

तपाईले यदि बीमा गर्नु भयो भने, तपाईको आम्दानीको रकम बचत हुन्छ, आवश्यक परेको बेलामा कर्जा निकाल्न सकिन्छ, साथै जोखिम पनि कभर गर्छ, यीनै कुराहरुलाई समेटेर म बीमितलाई बीमा बुझाउने गर्छु, उनले बताईन् । “कुनै पनि बीमितले बीमाको अरु फाइदालाई हेर्नु भन्दा पनि जोखिमको पाटोलाई हेर्नु पर्ने हुन्छ ।”

बीमा समितिले नियम कानुन ल्याईदिने हो र बीमा कम्पनीहरुले त्यसको कार्यान्वयन र अवलम्वन गर्ने, कञ्चन भन्छिन्, “बीमा व्यवसायले लामो ईतिहास पार गरेता पनि अझै पनि बीमाले सबै समुदायलाई समेट्न सकेको छैन् । आम मानिसहरुलाई बीमाको पहुँचमा ल्याउनको लागि सबैभन्दा बढी महत्वपूर्ण भुमिका भने बीमा अभिकर्ता कै हुने गर्दछ । एउटा बीमा अभिकर्ता नै सबै समुदाय, समुदाय, तह र तप्काका मानिसहरुलाई बीमाको दायरामा ल्याउन सफल हुन्छ ।”

मानिसलाई बुझाउँन गराउने भनेको अभिकर्ताहरु हो, कानुनको तहमा रहेका नियामक निकायहरुले हामी बीमा अभिकर्ताहरुलाई सशक्तिकरण गर्दै विभिन्न खालका तालिम लगायतका कुराहरुमा जोड दियो भने अभिकर्ताहरुले रातारात बीमा व्यवसायमा कायपलट पनि गर्न सक्छन्, बोगटी बताउँछिन् ।

कञ्चन भन्छिन्, बीमा कम्पनीहरुले आफ्नो कम्पनीमा आवद्ध रहेका बीमा अभिकर्ताहरुलाई आधिकारीक रुपमा उ यहाँ काम गर्ने मान्छे हो भन्ने चिनारी दियो भने हामी अभिकर्ताहरुलाई समाजमा हेर्ने दृष्टिकोण पनि सकारात्मक हुने थियो । “ कम्पनीहरुले आफ्नो कम्पनीमा आवद्ध रहेका अभिकर्ताहरुलाई आफ्नो कम्पनीको कर्मचारीको चिनारी दिन आवश्यक छ,” ।

बीमा अभिकर्ता बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताको रुपमा रहेर काम गर्ने व्यक्ति हो । कम्पनीको तलबी कर्मचारीको रुपमा काम गर्ने नभई निश्चित कमिशनको आधारमा काम गर्ने व्यक्ति नै बीमा अभिकर्ता हो । उनले बताईन् ।

हुन त कञ्चनले बीमा अभिकर्ता पेशामा आवद्ध भए पछि धेरै संघर्ष गर्न नपरेको पनि होईन । तर पनि आफ्नो लगनशिलता, मेहेनत र संघर्षपनले गर्दा आज उनी एक सफल बीमा अभिकर्ताको रुपमा अगाडि बढ्दै गईरहेकी छिन् । बीचमा त बीमाले नै खान्छ कि जस्तो महसुश गरेकी कञ्चन भन्छिन्, मैले कहिलै हिम्मत हारिन र हार्दिन पनि यही पेशालाई नै निरन्तरता दिदै जाने छु ।

कञ्चन बोगटीको स्थायी घर डोटी हो । उच्च शिक्षा हासिल गर्ने उद्देश्यका साथ काठमाडौँ पसेको बोगटी बताउँछिन् । अहिले बोगटी श्रीमान र ३ जना छोराछोरीको साथमा कालोपुलमा बस्दै आएकी छिन् । डोटिमा हुदाँ देखि नै गैरसरकारी संस्थामा काम गर्दै आएकी कञ्चन भन्छिन्, बैबाहिक बन्धनमा बाधिए पछि चाँहि यतै बस्दै आएकी छु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS