IME Life New

बीमालेख धितोमा कूल ५० अर्ब ८७ करोड कर्जा प्रवाह, कुन कम्पनीको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ५० अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीहरुले बीमालेख धितोमा राखी ४३ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । गत आर्थिक बर्षको तुलनमा जीवन बीमा कम्पनीहरुको बीमालेख धितोमा कर्जा १७ प्रतिशतले बढेको हो ।

चालु आर्थिक बर्ष तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको हो ।समिक्षा अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको र आइएमई लाइफको बीमालेख धिताकर्जा घटेको छ।

Esewa
Crest

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको बीमलेख धिर्तामा कर्जा ३५ दशमलव ७४ प्रतिशतले घटेको छ भने आइएमई लाइफको बीमालेख धितोकर्जा ७९ दशमलव २३ प्रतिशतले घटेको छ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १९ अर्ब १८ करोड रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीले १६ अर्ब ६९ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको थियो । गत आर्थिक बर्षको तुलनमा कम्पनीको बीमालेख धितोकर्जा १४ दशमलव ९४ प्रतिशतले बढेको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १४ अर्ब २ करोड रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले ६ अर्ब ७ करोड रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, एशियन लाइफले ३ अर्ब ७३ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब ४७ करोड रुपैंयाँ, सूर्या लाइफले १ अर्ब १३ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थान १ अर्ब ३ करोड रुपैयाँ, मेट लाइफले ९८ करोड रुपैयाँ, गुराँस लाइफले ९७ करोड ६ करोड रुपैयाँ, यूनियन लाइफले ८२ करोड १५ लाख रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण ज्योति लाइफले ४४ करोड ५५ लाख रुपैयाँ, प्रभु लाइफले ३७ करोड ३१ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ३३ करोड १८ लाख रुपैयाँ, सिटिजन लाइफले २३ करोड ५ लाख रुपैयाँ, आइएमई लाइफले २२ करोड ६४ लाख रुपैयाँ, सन नेपाल लाइफले २१ करोड ६५ लाख रुपैयाँ, २० करोड ७३ लाख रुपैयाँ, रिलायन्स लाइफले २० करोड ७३ लाख रुपैयाँ, सानिमा लाइफले ५ करोड ३२ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड २६ लाख रुपैयाँ बीमालेख धितोकर्जा गरेका छन् ।

बीमितले बीमा गरेको एक/दुई/तीन वर्ष पछि अर्थात कम्पनीको नियम अनुसार आफ्नो बीमालेख धितोमा राखेर कर्जा प्राप्त गर्न सक्छन् । बीमालेख कम्पनी र बीमित बिचको करार हो । यो करारले बीमितको बुझाएको प्रिमियम बचतको रुपमा बीमा कम्पनीमा जम्मा हुन्छ । उक्त रकम जम्मा भएको आधारमा बीमितले साह्रो गाह्रो परेको समयमा धितोमा राखेर तत्कालिन आर्थिक समस्याको समाधान पनि गर्न सक्छन् । बीमित जति धेरै सचेत हुन्छन् उनिहरुले लिने यस्तो कर्जाको रकम पनि बढ्दै जान्छ । यस्तो रकम हरेक वर्ष बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS