IME Life New

बीमालाई प्रविधिसँग जोड्न सरोकारवालाबीच एकमत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा सेवाको विस्तारको लागि प्रविधिसँग जोडेर सेवा प्रवाह अझै सरल साधारण बनाउनुपर्ने यस क्षेत्रका सरोकारवालाहरु एकमत देखिएका छन् ।

बिहिबार ललितपुरमा आईबिएन मिडिया एन्ड रिर्सचले बीमा समितिसँगको सहकार्यमा आयोजना गरेकोे कार्यशाला गोष्ठीका सहभागीहरुले बीमालाई प्रविधिमैत्री, सर्वसधारणको पहुँच विस्तारमा जोड दिएका हुन् ।प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीव चाँपागाईले बीमा क्षेत्रमा प्रविधियुक्त बनाएर सर्वसधारणको घरदैलोमै बीमा सेवा पुर्याउनुपर्ने बताए ।

Esewa
Crest

कार्यक्रममा बोल्दै बीमक संघका उपादक्ष्य एवं लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुर प्रताप प्रधानले समय अनुकुल प्रविधिलाई जोड दिदै बीमा बजार अघि बढ्नुपर्ने कुरामा जोड दिन आग्रह गरे ।

सूर्या लाईफ इन्स्योरेन्सका कम्पनीका प्रमुख कार्यकारी अधिकृत सूर्या नाथ पाण्डेले एक्चुरीको समस्याले जीवन बीमा कम्पनीहरुको प्रकृया लामो भएको हुदाँ यसलाई कसरी घटाउन सकिन्छ भन्ने बिषयमा ध्यान दिन आग्रह गरे । यसको साथै उनले बीमा बजारमा प्रविधिको खाचो रहेको उनले बताए ।

कार्यक्रममा बैंक तथा बीमा विज्ञ विनोद आत्रेयले अन्तराष्ट्रिय बीमा बजारको टेन्डलाई समातेर नेपालको बीमा बजार अघि बढ्नुपर्नेमा जोड दिन आग्रह गरे । उनले बीमा बजार सुधारका लागि डिजिटलाईजेशन पनि जरुरी रहेको बताए।

कार्यक्रममा बीमा कम्पनीहरुको नियमक निकायका अध्यक्ष चिरञ्जीवी चापाँगाई, कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा समितिका सल्लाहकार भोजराज अधिकारी, बैंक तथा बीमा विज्ञ विनोद आत्रेय र बीमा कम्पनीका सिईओहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS