IME Life New

बीमामा नागरिकको पहुँच बिस्तारका लागि विशेष कार्यनीति, विद्यालयको पाठ्यक्रममा पनि बीमा विषय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबै नेपाली नागरिकसम्म बीमाको सहज पहुँच पुर्‍याउने उद्देश्यका साथ ल्याइएको बीमा नीतिले बीमामा आम नागरिकको पहुँच बिस्तारका लागि विशेष कार्यनीति तय गरेको छ। विशेषगरी सिमान्तकृत वर्गलाई बीमाको सुरक्षा छाताभित्र समावेश गर्नका लागि बीमा अनुदानको व्यवस्थान गर्ने कार्यलाई निरन्तरता दिने घोषणा सरकारले नीतिमार्फत् गरेको छ।

लैङ्गिक, जातीय, भौगोलिक तथा आर्थिक रूपमा सीमान्तकृत समुदायका लागि विशेष कार्यक्रम मार्फत् बीमा सेवा उपलब्ध गराउने सरकारी लक्ष्य छ।  सरकारले बीमामा पहुँच बिस्तारका लागि बीमा सेवाको विविधिकरण आवश्यक भएको औंल्याएको छ। साथै बीमाबारेको जनचेतना अभिवृद्धि गर्नका लागि आफै‌ंले बीमा गर्ने निर्णय लिन सक्ने उमेर हुनु अगावै बीमाका बारेमा नयाँ पुस्तालाई बुझाउनका लागि सबै तहको पाठ्यक्रममा बीमा विषयलाई समावेश गर्ने लक्ष्य लिएको छ।

Esewa
Crest

स्थानीय सरकारको सहयोग बिना बीमाको बिस्तार स‌ंभव नहुने यथार्थलाई मनन गर्दै सरकारले सबै स्थानीय तहमा पुग्ने गरी बीमाको बिस्तार गर्ने लक्ष्य लिएको छ। सबै सेवाग्राहीमा बीमाको पहुँच पुर्याउने गरी बीमा मध्यस्थकर्ताको भूमिकालाई अझ व्यवस्थित तथा सुदृढ गर्नुपर्ने आवश्यकता समेत सरकारले महशुस गरेको छ। यसका लागि अभिकर्ताको व्यवसायीक क्षमता अभिवृद्धिका तालिम प्रशिक्षण लगायतका कार्यक्रम ल्याउने सरकारी तयारी छ। परम्परागतरुपमा हुँदै आएको बीमाको वितरण प्रणालीमा वैकल्पिक प्रणालीलाई समेत समावेश गर्नुपर्ने आवश्यकता महशुस गर्दै सरकारले बीमामा वैकल्पिक वितरण प्रणालीको विकासलाई पनि जोड दिएको छ।

बीमा प्रतिको आकर्षण बढाउनका लागी बीमा दाबी भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण भएको छ। बीमाको दाबी भुक्तानी सहज र शीघ्र बनाउन आधुनिक र उच्च प्रविधिको उपयोग गर्ने घोषणा सरकारले बीमा नीतिमार्फत् गरेको छ। सरकारले विद्युतीय माध्यमबाट बीमालेख जारी गर्ने तथा दाबी भुक्तानीको व्यवस्था गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS