IME Life New

बीमकले कर्जाकाे सूचना नदिंदा धमाधम जफत हुँदै जीवन बीमालेख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । बीमालेख धिताेमा कर्जा सुविधा उपभाेग गरेका बीमितलाई जीवन बीमकले समयमै सूचना नदि‌ंदा जीवन बीमालेख जफत हुने जाेखिम बढेकाे छ। बीमालेख कर्जाकाे प्रावधान सम्बन्धमा जीवन बीमकले बीमितलाई पर्याप्त जानकारी नगराउँदा बीमितले बीमालेख नै गुमाउनुपर्ने अवस्था समेत देखिन थालेकाे छ।

जीवन बीमालेख अन्तर्गत कर्जाकाे ब्याज बीमितले ६-६ महिनाकाे अवधिमा भुक्तानी गर्नुपर्छ। ६ महिनामा ब्याज रकम भुक्तानी नगरेपछि ब्याज वापतकाे रकम पनि साँवामा नै खप्टिन्छ। यसरी साँवा रकममा ब्याज जाेडि‌ंदा बीमितले तिर्नुपर्ने साँवाकाे रकम झनै बढ्न जान्छ।

Esewa
Crest

बीमा अभिकर्ता र बीमा कम्पनीका कर्मचारीले कर्जा सुविधा उपभाेग गर्नका लागी बीमितलाई बिना झण्झट एक घण्टामै कर्जा पाइन्छ भन्ने जानकारी दिन्छन्, तर साँवा र ब्याज कसरी र कहिलेसम्ममा तिर्ने भन्ने बारेमा कुनै जानकारी नै दिंदैनन् । बीमितले कर्जा उपभाेग गरेपछि कर्जाकाे साँवा र ब्याज भुक्तानी गर्नका लागी अधिका‌ंश बीमकले बीमितलाई सम्पर्क गर्ने, कर्जा चुक्ता गर्न सुझाउने लगायतका प्रयास नगर्दा समर्पण मूल्य भन्दा कर्जाकाे साँवा र ब्याज अधिक हुँदा असयममै बीमालेख जफत हुन थालेकाे हाे ।

कर्जाकाे ब्याज र साँवा तिर्नका लागी सूचना नै आउँदैन,एक सेवाग्राहीले भने, दुई चार महिनामै ब्याज समेत जाेडेर कर्जाकाे साँवा कहाँ पुर्‍याई दिएकाे हुन्छ। बीमाले एसएमएस वा फाेनमार्फत् जानकारी गराएकाे भए समयमै तिर्ने थिएँ नि!

जीवन बीमक संघ नेपालका अध्यक्ष पाेषक राज पाैडेलले देशकाे आर्थिक अवस्थाका कारण पछिल्लाे समयमा वित्तीय श्राेतकाे व्यवस्थापनका लागी बीमालेख कर्जामा दबाब बढेकाे बताए। उनले बीमालेख कर्जा सम्बन्धमा अधिका‌ंश बीमकले एसएमएसमार्फत् जानकारी गराई रहेकाे जानकारी दि‌ंदै भने,बीमितलाई कर्जा तिर्न नघचघच्याउँदा बीमालेख नै जफत हुने अवस्था आउने भएकाले यसबारेमा बीमक सचेत रहेको बताए ।

जीवन बीमालेख निर्देशिकाकाे प्रावधान अनुसार सावधिक बीमा याेजनामा बीमितले तीन वर्षकाे बीमाशुल्क भुक्तानी गरेपछि बीमालेख धिताेमा राखेर कर्जा प्राप्त गर्न सक्ने प्रावधान छ। निर्देशिका अनुसार बीमालेखकाे समर्पण मूल्यकाे ९० प्रतिशतसम्म रकम कर्जा उपभाेग गर्न पाउँछन् । यस्ताे कर्जा वापतकाे ब्याज ६-६ महिनामा भुक्तानी गर्नुपर्छ। साँवा रकम बीमा अवधिभित्र पटक पटक गरेर वा एकमुष्ठरुपमा भुक्तानी गरे हुन्छ।

कर्जाकाे साँवा र ब्याज भुक्तानी नगर्दा निश्चित रकमकाे सीमा पार गरेपछि बीमालेख स्वतः जफत हुने भएकाले जीवन बीमकले सम्बन्धित बीमितलाई जफत गरिन लागेकाे विषयमा जानकारी गराउनुपर्ने भएपनि अधिका‌ंशले जानकारी नदिई जफत गरिदिने गरेकाे पीडित बीमितकाे गुनासाे छ।

अनुभवी बीमकका अनुसार बीमालेख कर्जा बीमककाे लगानीमध्येकाे उच्च जाेखिमकाे लगानी हाे । बै‌ंककाे ब्याज दरभन्दा दुई प्रतिशत बढी ब्याज आम्दानी हुन्छ। कर्जाकाे साँवा र ब्याज असुली नहुने उच्च स‌ंभावना भएकाले याे उच्च जाेखिमयुक्त लगानी भएकाे क्षेत्र भएकाे जाेखिमकाे आधारमा अध्ययन गरेका बीमकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

11%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS