काठमाडौं । कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले पुस ४ गते बिहिवार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोबार तथ्याङ्क अनुसार नेपालमा सञ्चालनमा रहेका धितोपत्र कारोवार गर्ने दलालहरु मध्ये कारोवार रकमको आधारमा प्रथम पटक एक नम्बरमा रहेको छ । उक्त दिनमा ब्रोकरले रु. ४५ करोड ९ लाख भन्दा बढी रकमको कारोवार गरेको कम्पनीका अध्यक्ष प्रदिप के.सी.ले बताए ।
नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो । कम्पनीले हाल काठमाण्डौ मनपा १०, बुद्धनगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए ।

















