IME Life New

बिवाहमा गढदुवाको रुपमा बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अनावश्यक खर्चहरुलाइ घटाइ जन्म दिन, बैवाहिक दिन, विभिन्न उत्सवहरुमा बीमा पोलिसि खरिद गर्ने र उपाहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समय बढदै गएको छ । यसैक्रममा मोरङ जिल्ला बेलबारि नगरपालिका वाड नं ११ जुराह निवासि बुबा स्वः बिर बहादुर पाण्डे र आमा पदम माया राउत पाण्डेबी छोरि वर्स २२ कि सबिता पाण्डेको आफ्नो जातिय परम्परा ,संस्कार अनुसार बेलबारि न पा ११ भाङबारि मोरङ निवासि कुमार बस्नेतसँग माघ १७ गते विवाह भएको हो ।

उक्त विवाहमा आइएमई लाईफका फाईनान्सियल एडभाईजर कमल बहादुर गरुङले छिमेकि छोरिलाई अन्य जिन्सि सामाग्रि वा नगद उपहारको सट्टामा दुई लाख बराबरको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईएमई सरल सावधिक बीमा योजनापोलिसी दिएका हुन् ।

Esewa
Crest

उक्त बीमा पोलिसी सोहिदिन आइएमई लाईफ शाखा कार्यलय बिराटचोकको शाखा प्रमुख यामनाथ दाहालले हस्तान्तरण गरेका हुन् । उक्त पोलिसी हस्तान्तरण गर्दै शाखा प्रमुखले दुलाहा दुलहिलाई दाम्पत्य जिबनको सुभकामना दिदै भने यो फरक खालको उपहारले बेहुलिको भोलिको जिबनमा आईपर्ने जोखिमको सुरक्षा र भबिस्यको लागि दिगो वचत समेत भएको छ ।

साथै, उनले आगामि दिनमा हरेक नागरिकले बिवाह, व्रतमन, पास्नि, जन्मदिन बिवाहबर्सगाठो जस्ता हाम्रा पर्व अथवा परम्परा संस्कारमा फजुल खर्च कम गरि भबिस्य र भोलि आऊने जोखिम बहन गर्ने दिगो वचत गरेमा परिवार जिबनमा सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS