IME Life New

बिमामा आयकर छुट सुबिधा परिबर्तन हुदै जीबन बीमा गरे ५० हजार रुपैयाँसम्म आयकर छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कर छुटको माध्यमबाट बीमा क्षेत्रलाई प्रोत्साहन गर्न अर्थमन्त्रालयलाई सुझाव दिएको छ । समितिले गार्हस्थ बीमा गर्ने ब्यक्तिलाई आयकरमा बार्षिक १० हजार रुपैयाँ छुट दिन सुझाव दिएको हो । यस्तै जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक ५० हजार रुपैयाँसम्म आयकर छुट दिन समितिले सुझाव दिएको छ ।

यसअघिदेखि नै जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक २० हजार रुपैयाँ आयकर छुट दिने गरिएको थियो,  यो छुट सुबिधा आय कर ऐन २०५८ लागू भएको मिति बाट करिब १७ वर्ष सम्म परिबर्तन भएको छैन तसर्थ यस्तो छुट कम भएको भन्दै बीमा कम्पनीहरुले सो सीमा बढाएर कम्तिमा १ लाख रुपैयाँ पुर्याउनु पर्ने माग गर्दै आएका छन् । केहि समय अगाडी बाट स्वास्थ्य बीमा गर्ने ब्यक्तिहरुलाई समेत बार्षिक २० हजार रुपैयाँ आयकर छुट दिने व्यवस्था गरिएको छ तर, समितिले भने २० हजार रुपैयाँको बार्षिक आयकर छुटलाई बढाएर ५० हजार रुपैयाँ बनाउनु उपयुक्त हुने भन्दै अर्थमन्त्रालयलाई सुझाव दिएको हो ।

Esewa
Crest

‘गार्हस्थ बीमा गर्ने ब्यक्तिलाई बार्षिक १० हजार रुपैयाँ र जीबन बीमा गर्ने ब्यक्तिहरुलाई बार्षिक ५० हजार रुपैयाँ आयकर छुट दिन समितिले सुझाव दिएको छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

तर गार्हस्थ बीमामा यस्तो छुटको ब्यवस्था यसअघि थिएन । निर्जीबन बीमा ब्यवसायलाई प्रोत्साहन गर्न समितिले यस्तो प्रस्ताव गरेको हो । कर छुटको माध्यमबाट बीमा क्षेत्रलाई प्रोत्साहन गर्न सकिए बीमाको दायरा बृद्धि हुने र लगानीको लागि आवश्यक रकम जुट्न सक्ने बुझाइ समितिको छ । कर छुटको दायरा बढे नया बिमा कम्पनी लाई पनि ब्यबसाय विस्तार गर्न सजिलो हुने बिश्वाश गरिएको छ ।

समितिले दिएको सुझाव कार्यान्वयन हुने नहुने टुंगो भने बजेटबाट मात्रै लाग्नेछ । सरकारले आगामी आर्थिक बर्षको लागि जेठ १५ गते बजेट ल्याउदैछ । समितिले आयकर छुटको लागि गरेको सुझाव कार्यान्वयन भए आफ्नो घरको बीमा गर्ने घरधनीले बार्षिक १० हजार रुपैयाँ आयकर छुट पाउने छन् । यस्तै जीबन बीमा गर्ने ब्यक्तिहरुले बार्षिक ५० हजार रुपैयाँ आयकर छुन पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS