IME Life New

बिपिडब्लु लघुवित्तले आब्हान गर्यो एजिएम, आइपीओ निष्काशनको प्रस्ताव पारित गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा गर्ने जनाएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित
गर्ने, आर्थिक वर्ष २०७७/०७८ को बार्षिक लेखापरिक्षण प्रतिवेदन तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु,वासलात नाफा नोक्सान हिसाव, नगद प्रवाह बिबरण सहितको लेखा विवरणहरु, निर्देशन अनुसारका अन्य अनुसूचीहरु तथा कर्जा नोक्सानी ब्यबस्थाको विवरण समेत छलफल गरी पारित गर्नेछ ।

Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, यस वित्तीय संस्थाको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन तथा स्वतन्त्र संचालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले यस बिपिडब्लु लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिन तथा प्राप्ती समाहित हुने कार्यसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि संचालक समिति वा संचालक समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा नियमन निकायहरुको प्रावधान पुरा गरी प्राथमिक शेयर निष्काशन गर्ने क्रममा पूँजी बृद्धि गर्नु पर्ने भएको साथै पूँजी संरचनामा समेत परिवर्तन गर्न आवश्यक भएको हुँदा वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६ लाई संशोधन गर्ने प्रस्ताव पेश हुनेछ ।

यस वित्तीय संस्थाको जारी पूँजीको ३२.३३ प्रतिशतले हुन आउने रकम बराबरको प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने प्रस्ताव
पारित गर्ने र सो शेयर निष्काशन सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी वित्तीय संस्थाको सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

सभाले उपरोक्त बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन सम्बन्धि साधारण सभाबाट पारित हुने निर्णयमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम थपघट, परिवर्तन वा संशोधन गर्नका लागि निर्णय गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा नियामक निकायहरुमा वित्तीय संस्थाको तर्फबाट आवश्यक निर्णय, कागजात एवं पत्र बुझाउन वा बुझिलिन यस वित्तीय संस्थाका कम्पनी सचिवलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS