काठमाडौं । विश्वको सबैभन्दा पुरानो र लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको भाउ नयाँ उचाइमा पुगेको छ। आज सुरुआती कारोबारमा मूल्यमा तीव्र उछालका साथ बिटक्वाइनको भाउ १ लाख ६ हजार डलर नाघेको छ।
मूल्यमा देखिएको बढोत्तरीका साथ बिटक्वाइनको बजार पुँजीकरण २.१ ट्रियलन डलर पुगेको छ। उता गुगलको माउ कम्पनी अल्फाबेटको बजार पुँजीकरण २.३३ ट्रिलियन डलर रहेको छ। बजार पुँजीकरणमा यो कम्पनीलाई पछि पार्न अब बिटक्वाइन १० प्रतिशतको दूरीमा रहेको छ।
बजार पुँजीकरणको हिसाबले अल्फाबेट विश्वको छैटौँ मूल्यवान कम्पनी हो।
बजार जानकारअनुसार नयाँ वर्ष २०२५ मा बिटक्वाइनको भाउ २ लाख डलर पुग्न सक्छ।

















