IME Life New

बालबालिकाको जन्मदर्ताको समयमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बालबालिकाको जन्मदर्ता प्रमाण पत्र जारी गर्दा स्थानीय निकायले अनिवार्यरुपमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्नुपर्ने भएको छ। राष्ट्रिय परिय पत्र तथा पञ्जिकरण विभागले आइतबार स्थानीय निकायहरुलाई नेपाल नागरिकको १६ वर्ष मुनिका सन्तानको जन्मदर्ता गर्दा राष्ट्रिय परिचय पत्र नम्बर सहितको जन्मदर्ता प्रमाण पत्र उपलब्ध गराउन निर्देशन जारी गरेको हो ।

विभागले जारी गरेको निर्देशनमा जन्मदर्ताको संशोधन प्रतिलिपि जारी गर्दा समेत प्रमाण पत्रमा राष्ट्रिय परिचय पत्र नम्बर उल्लेख गर्न निर्देशन दिइएको छ। यसैगरी प्राविधिक कारणले जन्मदर्ता प्रमाण पत्र जारी गर्ने समयमा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त गर्न समस्या भएको अवस्थामा परिचय पत्र नम्बर प्राप्त भएपछि मात्र जन्मदर्ता प्रमाण पत्र उपलब्ध गराउन समेत विभागले अनुरोध गरेको छ।

Esewa
Crest

नयाँ प्रावधानसँगै १६ वर्ष मुनिको सन्तानले जन्मदर्ता प्रमाण पत्रसँगै पाएको राष्ट्रिय परिचय पत्र नम्बरको आधारमा नै १६ वर्ष पुरा भएपछि नागरिक परिचय पत्र जारी गरिनेछ। जन्म दर्ताका लागि परिचय पत्र नम्बर अनिवार्य हुने भएकाले छोटो समयमको बिदा मिलाएर बालबालिकाको जन्मस्थलमा जन्मदर्ता प्रमाण पत्रका लागि जाने कामकाजी अभिभावकलाई सरकारी डाटा सर्भरमा कुनै प्राविधिक समस्या आई दिएको अवस्थामा अनावश्यक सास्ती हुने जोखिम बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS