IME Life New

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनैजना रिहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगपति अरुणकुमार चौधरीसहित ३ जना बुधबार रिहा भएका छन्। उनीहरु हाजिर जमानीमा रिहा भएका हुन्।

यो प्रकरणमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत माघ १८ गते चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। तर, जिल्ला अदालत काठमाडौंले २५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थप बुझ्नुपर्ने भए २ दिनभित्र बाँकी काम सम्पन्न गर्न आदेश दिएको थियो।

Esewa
Crest

अदालतको यो आदेशपछि चौधरी, थापा र ठाकुरलाई प्रहरीले रिहा गरेको हो।

चौधरीलाई पक्राउ परेलगत्तै ‘स्वास्थ्यमा समस्या देखिएको’ भन्दै चिरायू अस्पताल भर्ना गरिएको थियो। सोही रात त्यहाँबाट उनलाई रिफर गरी ग्रान्डी अस्पताल सारिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS