IME Life New

बाँसबारी जग्गा प्रकरणः सीआईबीले उद्योगपति विनोद चौधरीको बयान लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीको बयान लिने भएको छ। सीआईबीले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरीसँग बयान लिने भएको हो।

गृहमन्त्री रवि लामिछानेनले आज गृह मन्त्रालयमा गृह सचिव एकनारायण अर्याल र सीआईबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसँग छलफल गरेका थिए। बैठकमा गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए। सोही निर्देशनबमोजिम चौधरीको पनि सीआईबीले बयान लिने भएको हो।

Esewa
Crest

लामिछानेले उक्त जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि निर्देशन दिएका छन्।

बैठकमा गृहमन्त्री लामिछानेले सुन तस्करी प्रकरण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिए्। उनले सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाहीका दायरामा ल्याउन निर्देशन दिए। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वसभामुखसमेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS