IME Life New

बाँकेमा सनी सेक्यूरिटिजले सम्पन्न गर्यो आधारभूत शेयर तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनी सेक्यूरिटिजले आधारभूत शेयर तालिम सञ्चालन गरेको छ । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक विजनेश हवद्वारा सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा चैत्र २६ गते शनिवार बिहान ७ बजे देखि ११ बजेसम्म जिल्ला प्रहरी कार्यालय, बाँकेमा उक्त तालिम संचालन गरेको हो । उक्त कार्यक्रममा बाँके जिल्लामा सेवारत प्रहरी जवान तथा अधिकृतहरू गरी ६२ जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा विशेष गरी शेयर बजारेको परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयबाट प्राथमिक बजारमा आइपीओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अनलाइन शेयर कारोबारको महत्व समेटिएकोले नयाँ लगानीकर्ता तथा शेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा शेयर बजार र परिचय, डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी, प्राथमिक बजार र आईपीओ, दोश्रो बजार, शेयर बजारमा कसरी प्रवेश गर्ने ?,दोश्रो बजार र शेयर मूल्य निर्धारण, परिसुचक र सर्कीट ब्रेक, लाभांश र हकप्रद शेयर, बुक क्लोज र मूल्य समायोज, आधारभूत अनुपात जस्तैः प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदी, शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्?, वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यस क्षेत्रबारे विशेष जानकारी दिइएको थियो ।

साथै साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे ।

शेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा शेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS