IME Life New

बत्ती नहुँदा नेप्सेको वेबसाइट केहीबेर अवरुद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइट आज बिहान केहीबेर अवरुद्ध भएको छ।

नेप्सेको वेबसाइटमा बिहान करिब ९ बजेदेखि १० बजे १० मिनेटसम्म अवरुद्ध भएको हो। यो अवधिमा नेप्सेको वेबसाइट खोल्दा ब्ल्यांक(केही पनि नदेखिने) भएको थियो।

Esewa
Crest

नेप्सेको वेबसाइट ब्ल्यांक हुँदा महत्वपूर्ण सूचना पाउन र हेर्नबाट सरोकारवालाहरु वञ्चित भएका थिए। विशेषगरी अहिले लाभांश घोषणा र वार्षिक साधारणसभा डाक्ने सिजन चलिरहेको बेला नेप्सेको वेबसाइट नचल्दा लगानीकर्ताहरु रुष्ट बनेका छन्।

सूचीकृत कम्पनीहरुले केही महत्वपूर्ण निर्णय गरेपछि धितोपत्र कारोबार समय बिहान ११ बजेभन्दा अगाडि नेप्सेमा पठाउनु वा नेप्सेको वेबसाइटमा अपलोड गर्नुपर्ने हुन्छ। तर, कार्यालय खुल्ने समय बिहान १० बजे त्यस्ता सूचना हेर्न लगानीकर्तालगायत सरोकारवालाले नेप्सेको वेबसाइट हेर्ने गर्छन्। तर, वेबसाइट ब्ल्यांक हुँदा लगानीकर्ताहरु मर्कामा परेका थिए।

नेप्सेका एक अधिकारीले विद्युत सेवा अवरुद्ध हुँदा वेबसाइट पनि नचलेको बताए। ‘अहिले प्राविधिकहरुले समस्या समाधान गरिसकेका छन्। वेबसाइट चलेको छ’, ती अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%
happy

खुसी

26%
sad

दु :खी

11%
amazed

अचम्मित

3%
excited

उत्साहित

42%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS