IME Life New

बढ्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले फागुन ४ गतेदेखि लागु हुने गरि डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले वृद्धि गरेको हो । खाना पकाउने एलपि ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । मूल्य बृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १६० रुपैयाँ कायम भएको छ।

Esewa
Crest

त्यस्तै, पहिलो वर्ग चारआली, विराटनगर,अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगंज क्षेत्रमा पेट्रोलको १६९ पैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको मूल्य १५७ रुपैयाँ ५० पैसा कायम भएको छ । दोस्रो वर्गा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १७१ र डिजेल, मट्टीतेलको १५९ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS