IME Life New

बजारमा साढे ७%ले बढ्यो नगद परिचालन, सरकारी ढुकुटीमा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को माघसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांकअनुसार माघसम्म बजारमा ७ खर्ब ३० अर्ब ६२ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ७ महिनाको अवधिमा नगद परिचालन ७.४४ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको ७ महिनामा सरकारी कोषको आकार ४२५.८८ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। माघसम्म सरकारी कोषको आकार बढेर ३ खर्ब ३६ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

माघसम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब ६० अर्ब ४५ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो।
आईएमएफसँग सम्बन्धित दायित्व ३९ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS