IME Life New

बजारमा साढे ५% ले बढ्यो नगद परिचालन, सरकारी ढुकुटीमा थुप्रियो पैसा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा नगद परिचालन बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमास पुससम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

तथ्यांकअनुसार पुससम्म बजारमा ७ खर्ब १६ अर्ब ८३ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ नगद परिचालन रहेको थियो। यो ६ महिनाको अवधिमा नगद परिचालन ५.४१ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको ६ महिनामा सरकारी कोषको आकार ३५३.४८ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ६३ अर्ब ९५ करोड रुपैयाँ थियो। पुससम्म सरकारी कोषको आकार बढेर २ खर्ब ९० अर्ब १ करोड रुपैयाँको उचाइमा पुगेको छ।

पुससम्म राष्ट्र बैंकको रिजर्भमा ६ खर्ब २८ अर्ब ३० करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ९० करोड २७ लाख रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS