IME Life New

बजारको बढोत्तरीले सेन्चुरी कटाउँदा लगानीकर्ताको सम्पत्तिमा पौने २ खर्ब बढीको उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा ४ दिनमात्रै कारोबार भएको छ। यो ४ दिनै शेयर बजार बढेको छ।

गत साता बिहीबार नेप्से परिसूचक २०१८.७६ को विन्दुमा बन्द भएको थियो। यो साता बुधबार नेप्से परिसूचक बढेर २१३१.४९ को विन्दुमा बन्द भएको छ। यो हिसाबले यो ४ दिनमा नेप्से ११२.७३ अंक अर्थात ५.५८ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजार बढ्दा यो साता नेप्से उपसमूहमा रहेका १३ वटै समूह उकालो लागेको छ। सर्वाधिक बढोत्तरी बैंकिङ समूहमा देखिएको छ। यो साता बैंकिङ समूहमा उछाल आएको छ। बैंकिङ समूह १३.४४ प्रतिशतले बढेको छ।

यो साता नेप्सेको कुल बजार पुँजीकरण बढेर ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साता बिहीबारसम्म नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब १ अर्ब १६ करोड रुपैयाँ थियो। यस हिसाबले लगानीकर्ताको सम्पत्ति १ खर्ब ७८ अर्ब ७४ करोड रुपैयाँले बढेको छ। यो भनेको ५.५८ प्रतिशतको बढोत्तरी भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS