IME Life New

बंगलादेशमा ४० मेगावाट बिजुली बेच्न त्रिदेशीय सम्झौता हुँदैछः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेशमा ४० मेगावाट बिजुली बिक्री गर्न त्रिदेशीय सम्झौता हुन लागेको जानकारी दिएको छन्।

आफ्नो नेतृत्वको सरकारको १ वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो जानकारी दिएका हुन्। ‘सरकारले ठूला जलविद्युत आयोजना विकासमा जोड दिइरहेको छ’, उनले भने, ‘सरकार गेमचेन्जर ठूला जलविद्युत आयोजनामा अघि बढिरहेको छ। अरुण तेस्रोलाई सीधै सहजीकरण गरिररहेको छु।’

Esewa
Crest

बूढीगण्डकी जलविद्युत आयोजनाका लागि पेट्रोलियम पदार्थबाट उठाउँदै आएको रकम सोही आयोजनालाई दिइने प्रधानमन्त्री दाहालले बताए।

ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै पनि लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको प्रधानमन्त्री दाहालले बताए। ‘म दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घन्टासम्मको लोडसेडिङलाई नियति मानिएको थियो’, उनले भने, ‘आज लगभग सिंगो देशमा विद्युतको पहुँच पुगेको छ।’

वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको उल्लेख गर्दै दाहालले विगत १ वर्षमा ७०० मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन गरिएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS