IME Life New

फोर्स मर्जरको लागि तात्यो बीमा समिति, चुक्ता पूँजी नपुर्याउने र क्रस होल्डिंग हुनेहरु पहिलो निशानामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालमा बैंक तथा वित्तीय संस्थाहरु मर्जर भएका धरै उदाहरण भए पनि इन्स्योरेन्स कम्पनीहरु मर्जरको उदाहरण छैन, तर बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले चुक्ता पूँजी नपुर्याउने कम्पनीहरुलाई बीमा समितिले ‘फोर्स मर्जर’ मा लैजाने भएको छ। बीमा समितिले अबको केहि समय पछि ‘फोर्स मर्जर’ को लागि दबाब दिने तयारी गरेको छ ।

बीमा समिति श्रोतका अनुसार चुक्ता पूँजी नपुर्याउने कम्पनीहरु तथा क्रस होल्डिंग रहेका इन्स्योरेन्स कम्पनीहरुलाई ‘फोर्स मर्जर’ को प्राथमिकतामा राखेको जनाएको छ । एकाघर वा समूहको स्वामित्वमा रहेका कम्पनीहरुलाई पहिलो चरणमा फोर्स मर्जरमा लैजाने योजना समितिको हो।

Esewa
Crest

‘चुक्ता पूँजी बृद्धिको कोर्ष पुरा हुने वित्तिकै हामी फोर्सफुल मर्जरमा जान्छौं’ समितिका अध्यक्ष चिरञ्जिबी चापागाईँले भने, ‘मर्जरका लागि हामी धेरै लामो समय दिने पक्षमा छैनौं।’ समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब पुर्याउने निर्णय गरेको थियो। पूँजी बृद्धिका लागि समितिले ६ महिनाको समय थप गरिदिएको छ।

‘६ महिनापछि पनि चुक्ता पूँजी बढाउन नसक्नेहरुलाई मर्जरमा लैजान्छौं’ उनले भने, ‘त्यसपछि आवश्यकता अनुसार एकाघर र समूहका कम्पनीहरुलाई मर्जरमा लैजान्छौं।’ उनले समितिले लिन मर्जर नीति स्वेच्छिक नहुने भन्दै संख्या तोकेरै मर्जरमा लैजाने पक्षमा आँफू रहेको बताए।

चापागाईँका अनुसार कम्पनीहरुको मर्जर दुई चरणमा हुने छ। पहिलो चरणमा चुक्ता पूँजी बृद्धि नगर्नेहरुको हुने छ। त्यसपछि एकाघर समूह र परिवारको लगानी रहेका कम्पनीहरुको हुने छ। कम्पनीले गरेको ब्यापार, उसको सञ्जाल बिस्तारलाई पनि मर्जरको आधारका रुपमा लिइने छ।

नेपालम संचालित जिबन तथा निर्जिबन बीमा कम्पनीहरुले पुंजी बिर्दिको योजना बीमा समितिमा पेश गरे सकेका छन्, योजना अनुरुपको पुंजी वृद्धि गरेको खण्डमा पुंजीकायम नगरेकै कारण फोर्स मर्जरमा जाने बीमा कम्पनीहरु कम हुन्सक्छन तर क्रस होल्डिंगको कारणले फोर्स मर्जरमा जानुपर्ने संस्थाहरु धरै हुन सक्ने देखिन्छ । क्रस होल्डिंगको कारणले आईएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी ‘फोर्स मर्जर हुन सक्ने देखिन्छ, त्यस्तै आईएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्स मर्जरको सम्भावना रहेको छ ।

र यो पनि :

नेपालमा इन्स्योरेन्स कम्पनीहरु मर्जरको सम्भंबना कस्तो छ? सम्भावित पहिलो मर्जर कस्तो होला

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS