SKIP THIS

IK Anniversary
IME Life

नेपालमा इन्स्योरेन्स कम्पनीहरु मर्जरको सम्भंबना कस्तो छ? सम्भावित पहिलो मर्जर कस्तो होला

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालमा बैंक तथा बित्तिय संस्थाहरु मर्जरको उदाहरणहरु प्रसस्तै भए पनि इन्स्योरेन्स कम्पनीहरु मर्ज भएको उदाहरण छैन, करिब ५ वर्ष अगाडी (२०७० मंसिरमा) नेको इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जरका लागि सैद्धान्तिक सहमतिमा हस्ताक्षर गरि दुबै कम्पनीले नेप्सेलाई सेयर कारोबार रोक्का गर्न पत्राचार गरेका थिए । नेप्सेले दुवै कम्पनीको सेयर कारोबार रोक्का पनि गरेको थियो दुवै संस्थाले मर्जरको प्रस्ताब सहित साधारण सभाको अबहान पनि गरे तर तत्कालिन समयमा इन्स्योरेन्स कम्पनीहरु मर्जको इतिहाश नहुनु तथा स्पस्ट मर्जरको नीतिको अभाबमा साधारण सभाको समयमा ति दुवै कम्पनीहरुको साधारण सभाले प्रस्ताब पारित गर्न सकेनन्।

त्यसपछि इन्स्योरेन्स कम्पनीहरु मर्जरको बहश खासै हुने गरेको छैन, तर बिमा समितिले पछिल्लो समय ९ ओटा जिबन बिमा कम्पनी र ३ ओटा निर्जिबन बिमा कम्पनीहरु लाई संचालन अनुमति दिए संगै, इन्स्योरेन्स कम्पनीहरु मर्जरको बहश सतहमा आएको छ भने अर्को तिर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ‘विग मर्जर’ नीति ल्याउने भनिरहदा इन्स्योरेन्स कम्पनीहरु मर्जरको बिषयले समेत खास महत्व राख्ने बिमा ब्यबसाय सम्बद्ध बिस्लेशकहरुको रहेको छ ।

Prabhu
Crest

पछिल्लो समय बिमा समितिले ९ ओटा जिबन बिमा कम्पनी र ३ ओटा निर्जिबन बिमा कम्पनीहरुलाई संचालन अनुमति दिए संगै, इन्स्योरेन्स कम्पनीहरु मर्जरको बहश सतहमा आएको छ भने, अर्को तिर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ‘विग मर्जर’ नीति ल्याउने भनिरहदा इन्स्योरेन्स कम्पनीहरु मर्जरको बिषयले समेत खास महत्व राख्ने बिमा ब्यबसाय सम्बद्ध बिस्लेशकहरुको रहेको छ ।

नेपालमा बिमा ब्यबसायको अवस्था कस्तो छ?
चालु आर्थिक वर्षमा नया ९ ओटा जिबन बिमा कम्पनीहरुले ब्यबसाय सुरु गर्नु पूर्व पुराना मध्येका ९ ओटा बीमा कम्पनीले आक्रामक बजारीकरण नगरी बसेका थिए। नयाँ कम्पनी थपिएपछि बजार मा प्रतिस्पर्धा सुरु भएको अवस्था छ । केहि पुराना जिबन बिमा कम्पनीहरुलाई नयाँ जिबन बीमा कम्पनीहरुले कडा टक्कर दिइरहेको अवस्था छ । तर, अझै पनि जनसंख्याको ठूलो हिस्सा बीमा सुविधाबाट बाहिर रहेका कारण बजार विस्तारको संभावना बाँकी रहेको बिमकहरुको भनाइ छ। सोही आधारमा कम्पनीहरुले नयाँ योजना र रणनीति बनाउन थालेका छन्, भने बजारमा नयाँ-नयाँ विशेषता सहित बिमा योजनाहरु जारी गर्ने क्रम बढेको छ।

अर्को तिर अहिले नेपालमा १७ ओटा निर्जिबन बिमा कम्पनीहरुले ब्यबसाय गर्दै आएकोमा अब छिट्टै थप ३ ओटा निर्जिबन बिमा कम्पनीहरु थपिने छन्, निर्जिबन बिमा कम्पनीहरुको संख्या पहिला नै धरै भएको र अस्वस्थ्य प्रतिष्पर्धा बढेको कुरा बिमकहरुनै बताउने गरेका छन्।

नेपालमा अहिले करिब सात/आठ प्रतिशत हाराहारी जनताले मात्र जीवन बीमा सुविधा पाएका छन् भने निर्जिबन बिमाको समेत गरि करिब १२ प्रतिशतको हाराहारी जनताले मात्र बिमा सुविधा पाएका छन् । सोही कारण अहिलेकै बजारमा प्रतिस्पर्धा गर्नु भन्दा ग्रामीण क्षेत्र तथा नयाँ तरिकाले बजार विस्तारका लागि योजना बनाउनु पर्ने अवस्था छ। नेपालमा बीमाको बजार हुदै नभएको भने होइन नेपालमा बीमाको बजार र ब्यबसायको सम्भावना अथाह रहेको हुँदा नयाँ आउने कम्पनीसँग नयाँ संभावनाको खोजी गर्ने क्षमता हुनु जरुरि छ।

इन्स्योरेन्स क्षेत्रमा बजारको भन्दा पनि दक्ष जनशक्तिको अभाब
बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको कारण बजार भन्दा कर्मचारीको चुनौती ठूलो हुने बीमकहरुको भनाइ छ। दक्ष जनशक्तिको अभाव तथा बीमा सम्बन्धि शिक्षा तथा पाठ्यक्रमको अभाब को कारण यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको छ । यसका लागि कलेज तह देखि शैक्षिक पाठ्यक्रम नै हुनुपर्ने उनीहरुको भनाइ छ।

दक्ष जनशक्तिको अभावको कारण कम्पनीहरुले सोचेको जस्तो सफलता पाउन सकेका छैनन् भने अर्को तिर नेपालमा संचालित निर्जीवन तथा जिवन बीमा कम्पनीका उच्च तहका कर्मचारीको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको र कर्मचारीको योग्यता माथी लगातार उजुरी पर्नुले पनि इन्स्योरेन्स कम्पनीहरु मर्जर गर्दा गुणस्तरिय तथा योग्य कर्मचारीले बीमा क्षेत्रको बिकाश गर्न सक्ने सम्भावना देखिन्छ ।

सम्भावित पहिलो मर्जर कस्तो होला…
यदि कुनै कम्पनीले मर्जर/एक्विजिसनको बाटो रोजेको खण्डमा नियामक निकाय पछि हट्ने अवस्था छैन, आगामी आर्थिक वर्षको बजेटमा समेत बीमा कम्पनीहरुको मर्जरलाई प्राथमिकता दिइएको अवस्थामा इन्स्योरेन्स कम्पनीहरु मर्ज हुने सम्भावना देखिन्छ।

बैंक तथा बित्तिय संस्थाहरुको मर्जर/एक्विजिसनमा इतिहाश रचेको आईएमई समूहले इन्स्योरेन्स कम्पनीहरु मर्ज गरि इतिहाश रच्ने सम्भावना रहेको बिमा ब्यबसाय सम्बद्ध जानकारहरुले बताउने गरेका छन्। श्रोतका अनुसार आईएमई समूहले आईएमई जनरल इन्स्योरेन्समा नेपाल इन्स्योरेन्स कम्पनी मर्ज गराई आईएमई जनरल इन्स्योरेन्सको नामबाट कारोबार गर्न सक्छ, यदि यस्तो गरेको खण्डमा आईएमई जनरल इन्स्योरेन्स नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी बन्न सक्छ।

अर्को तिर आईएमई समूहकै लगानी रहेको आईएमई लाइफ इन्स्योरेन्सको पनि मर्जरको सम्भावना देख्न सकिन्छ, तत्कालिन रिलायबल डेभलपमेन्ट बैंकको मुख्य प्रबर्दनमा संचालित रिलायबल लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स मर्जरको सम्भावना रहन्छ, यसको कानुनी आधार रहेको जानकारहरु बताउछन् तत्कालिन रिलायबल डेभलपमेन्ट बैंक ग्लोबल आईएमई बैंकमा एक्विजिसनमा गइसके पछि ग्लोबल आईएमई बैंकको प्रबर्धनमा दुई ओटा जिबन बिमा संचालन गर्दा क्रस-होल्डिंग देखिन्छ, तसर्थ केहि समय पछि आईएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्स मर्जरको सम्भावना नकार्न सकिदैन। स्थापनाको समयमा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रबर्दकमा रिलायबल बिकाश बैंक रहेको थियो, जुन अहिले ग्लोबल आईएमई बैंक संग एक्विजिसनमा गइसकेको छ ।

 

(सम्बन्धित समाचार, लेखकको व्यक्तिगत विश्लेषणको आधारमा तयार गरिएको हो)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS