IME Life New

फोर्स गुर्खा नेपाली बजारमा सार्वजनिक हुदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली बजारमा विक्री वितरण शुभारम्भ गर्दैछ। नेपालका बाटोहरुलाई अन्त्यन्त उपयुक्त यस गाडीको विक्री वितरण आजदेखि सुरु गरिएको इन्टरकन्टिनेन्टल प्रा. लि. का अध्यक्ष ध्रुव थापा बताउछन्। आयाम फोर्स मोटर्सको लागि नेपालको आधिकारिक विक्रेता हो।

ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्मूमा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी-वागनलाई प्रतिविम्बित गर्छ। लामो र चौडा वनावट भएको गुर्खा को क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिट लगायत सर्वोत्कृष्ट लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ।

Esewa
Crest

मर्सिडिज निर्मित २६०० सिसि इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेंट) एक मात्र यस्तो गाडी हो जुन विना कुनै समस्या तीन अंकको गतिमा हाइवेमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीलाई छिचोल्न सक्छ। त्यस्तै यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको रहेको छ।

अटो मिडियाले यो गाडीको टेस्ट ड्राइभ सम्बधि गरेको कभरेजमा गुर्खाको डिजाइन, इस्टाइल र स्पेस अरु भन्दा उकृष्ट भएको जनाएका थिए। पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष छ। साथै ग्राहकहरुले चार पटक सम्म निस् शुल्क सर्भिसिंग सेवा प्राप्त गर्नेछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS