IME Life New

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स र मल्पी इन्टरनेशनल कलेजबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र मल्पी इन्टरनेशनल कलेजबीच शैक्षिक सिकाइ र उद्योग अनुभव बीचको अन्तरलाई कम गर्नको लागि, दीर्घकालीन रणनीतिक विकास गर्न सहकार्य गर्ने सम्बन्धी १० जनवरी २०२४ मा सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत विशालदीप अधिकारी र कम्पनी सचिव अल्पना शर्मा तथा मल्पी इन्टरनेशनल कलेजको तर्फबाट प्रिन्सिपल दिपक अधिकारी र विधार्थी संलग्नता अधिकृत प्राप्ती वि.सी शर्मा बीच भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

यस सम्झौताले बिमा क्षेत्रमा भएको क्षमता अभावको अन्तरलाई कम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । यस साझेदारी मार्फत फेडेरलले मल्पीका विद्यार्थीहरूलाई विशेषज्ञ प्रशिक्षण, इन्टर्नशिपका अवसरहरु तथा आवश्यकता अनुसार भविष्यमा रोजगारीको अवसरहरु प्रदान गर्न मदत गर्नेछ ।

साथै, यस सम्झौताले फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सका कर्मचारीहरूलाई सम्मेलन, कार्यशाला र कलेजद्वारा आयोजित अन्य कार्यक्रमहरूमा भाग लिएर नेटवर्किङ बढाउने अवसरहरू प्राप्त गर्न मद्दत गर्नेछ । दुवै संस्थाहरूले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धान तथा अन्य गतिविधीका लागि आवश्यकता अनुसार सहकार्य गर्नेछ ।

फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड २०२२ मा पब्लिक लिमिटेडको रुपमा स्थापित भई नेपालमा पुनर्बीमा दलाली सम्बन्धी सेवा तथा आवश्यक प्ररामर्श प्रदान गर्न नेपाल बीमा प्राधिकरणबाट इजाजत पत्र लिई कार्य प्रारम्भ गरी नेपालमै पहिलो र एकमात्र  ISO 9001:2015  सर्टिफाइड पुनर्बीमा दलाल कम्पनी बन्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS