IME Life New

फागुन ७ गतेबाट कोरियन भाषा परीक्षा, चिट चोरेको भेटिएमा ४ वर्षसम्म निषेध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ। ईपीएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन हुने जानकारी गराएको हो। शाखाका अनुसार भैंसेपाटीस्थित परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमा हुनेछ।

परीक्षा हलभित्र मोबाइल फोन, इलेक्ट्रोनिक डिस्नरी, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय उपकरण लैजान पाइने छैन। चिट, कपी गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि कोरिया भाषा परीक्षामा सहभागी हुन निषेध गरिनेछ।

Esewa
Crest

शाखाका अनुसार तोकिएको परीक्षा समयभन्दा १ घन्टाअगावै परीक्षा हलमा ओरेन्टेसन सुरु हुनेछ। ओरेन्टेसन र बायोमेट्रिक भेरिफिकेसन गरी उपस्थित हुनुपर्नेछ। निर्धारित समयमा उपस्थित नभएमा परीक्षा सहभागी नगराइने शाखाले जनाएको छ।

परीक्षाको मितिभन्दा १ दिनअगाडि नै आफ्नो सिफ्टअनुसार ईपीएस कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसनका लागि उपस्थित हुनुपर्नेछ। परीक्षाको दिन बायोमेट्रिक परीक्षा केन्द्रमा भेरिफाई गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS