IME Life New

फागुनसम्म विदेशी लगानी प्रतिबद्धता २९ अर्ब माथि, पर्यटन क्षेत्रमा सबैभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना फागुनसम्म २९ अर्ब रुपैयाँ बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागको तथ्यांकअनुसार फागुनसम्मको अवधिमा २५३ वटा उद्योगका लागि २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ। यी उद्योगमा १३ हजार १६९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

Esewa
Crest

यो फागुन महिनामा त्रै ६ अर्ब ४७ करोड २० लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। फागुनमा १२ वटा आयोजनामा विदेशी लगानी प्रतिबद्धता आएको छ। ती सबै साना उद्योगका लागि आएका छन्।

विभागका अनुसार यो ८ महिनाको अवधिमा ३ वटा ठूला उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको छ। यो अवधिसम्म विदेशबाट १२ वटा मध्यमस्तरका उद्योगमा लगानीको प्रस्ताव आउँदा साना उद्योगमा लगानी गर्ने प्रस्ताव २३८ वटा छन्।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म सबैभन्दा धेरै विदेशी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ। यो क्षेत्रमा कुल प्रतिबद्धताको ११५.४५ प्रतिशत छ।

यसैगरी सेवा क्षेत्रमा ८८.३५ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ८.३ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा ३०.१२ प्रतिशत, पूर्वाधार क्षेत्रमा ६.२ प्रतिशत र कृषि क्षेत्रमा ४.२ प्रतिशत विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS