IME Life New

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फूर्ति भेला भएका पत्रकारहरुले आज विहान ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन् । ‘संविधानको पालना गर, प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

Esewa
Crest

आजको प्रदर्शनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सम्मानित अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना गरेको आरोप लगाए । प्रमाण नष्ट गरेर कसरी छानविन गर्ने रु उनले प्रश्न गरे । पत्रकार जैसीले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता अहरणीय भएकोले तत्काल फिर्ता गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गरे ।

कार्यक्रममा सहभागी पत्रकार खेम थपलियाले प्रेस स्वतन्त्रताको लागि लालटिन बाल्नुपर्ने अवस्था आएकोले सबैको ध्यान जानुपर्ने बताए । कार्यक्रममा पत्रकार अमिर लामाले प्रेस स्वतन्त्रता हरण गर्ने कार्य जुनसुकै निकायबाट भएकोले अस्वीकार्य भएको बताए ।
कार्यक्रममा पत्रकार तथा प्रेस चौतारी नेपाल, काठमाडौं जिल्ला कोषाध्यक्ष राम कार्कीले सर्वोच्चको आदेशले राणाकालको झल्को दिएको बताउँदै पत्रकारहरु सडकमा उत्रनु बाध्यता भएको बताए ।

लालटिन बोकेर सडकमा उत्रिएका पत्रकार धन बहादुर मगरले राजतन्त्रकालको २०४७ सालकै संविधान बमोजिम पनि संकटमा नपरेको प्रेस स्वतन्त्रता अहिले चरम संकटमा परेको भन्दै बचाउको लागि सबै एकजुट हुनुपर्ने बताए । ‘म नौ–नौ पटक पक्राउ परे, उतिबेला राजतन्त्रसहितको संविधान थियो, मलाई न्यायालयले बचायो, यस पटक न्यायालयले नै प्रेस स्वतन्त्रता कुल्चने काम भयो ।’

कार्यक्रमका संयोजक तथा पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक नबराज न्यौपानेले न्यायालयको आदेशले प्रेस स्वतन्त्रता संकटमा पारेको, समाचार लेख्ने पत्रकारलाई फौजदारी अभियोग र समाचार हटाउन आदेश दिने कार्य क्षेत्राधिकार मिचेर, संविधानलाई कुल्चेर गरिएकोले संघर्षमा होमिन बाध्य भएको बताए । प्रेस स्वतन्त्रताको रक्षाको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै जुन विधिबाट प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको छ, सोही प्रक्रियाबाट सच्याउन माग गरेका छन् । साथै प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लालटिन जुलुस प्रदर्शन जारी राखिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS