IME Life New

प्रिमियर इन्स्योरेन्स र खल्ती डिजिटल वालेटबीच प्रिमियम भुक्तानी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

प्रिमियर इन्स्योरेन्सका ग्राहकले प्रिमियम बुझाउन कार्यलय जानु पर्ने बाध्यता अन्त्य भएको छ। सो सम्बन्धमा यी दुई संस्थाबीच सम्झौता भएको छ । डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउने सम्बन्धमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको हो

उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता पछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत नेपालभर कुनैपनि ठाउँबाट खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नुको साथै, ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भन्ने,“हामी प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब प्रिमियर इन्स्योरेन्सका ग्राहकहरुले आफ्नो बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स अफिस वा बैंक धाइराख्नु पर्दैन ।

उनीहरुल ेआफ्नो मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । नगद पैसाबिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यो पार्टनरशिप सँगै हामीलाई खल्ती नगदपैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको प्रिमियर इन्स्योरेन्सले आफ्नो स्थापनादेखि हालसम्म गुणस्तरीय सेवा र व्यवसायिकताका कारणले ग्राहकको सन्तुष्टि जित्न सफल भएको छ । हालसम्म कम्पनीले सात वटै प्रदेशबाट जनताको पहुँच बढाउन ६१ शाखाहरु सञ्चालनमा ल्याई आफ्ना ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । बीमा सेवामा नेपाली जनताको पहुंच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS