IME Life New

प्रिमियर इन्स्योरेन्सले घोषणा गरेको भन्दा बढी बोनस दिने, शेयरधनी आफैले कर तिर्नुपर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

प्रिमियर इन्स्योरेन्सले असार ३१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा बिहान १० बजे काठमाडौँको नक्साल स्थिति नक्साल ब्याङक्वेटमा बस्ने भएको छ ।

साधारणसभाको सूचना अनुसार कम्पनीले घोषणा गरेभन्दा बढी बोनस दिने प्रस्तावमा लैजाने उल्लेख गरेको छ । कम्पनीले यस अघि लगानीकर्तालाई गत आर्थिक बर्षको मुनाफाबाट ७९ दशमलव ६९ प्रतिशत बोनस शेयर र ४.२० प्रतिशत नगद लाभांश दिने घोषणा गरेका थियो । तर साधारणसभाको सूचनामा कम्पनीले ८४ प्रतिशत नै बोनस वितरण गर्ने त्यसमा लाग्ने कर लगानीकर्ता स्वयंले बेहोर्नु पर्ने उल्लेख गरेको छ ।

Crest

कम्पनीले निर्जीवन व्यवसाय गर्ने उपयुक्त कम्पनीसंग गाम्भ्ने , गाभिने र प्राप्ति गर्ने प्रयोजनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा लैजाने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ। असार १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन कम्पनीको लाभांश प्राप्त गर्ने सक्ने छन् । हाल कम्पनीको चुक्ता करोड ५८ करोड ४० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS